भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपीडितका लागि सूर्यविनायक नगरपालिकाको ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग | अमेरिकालाई तेलमा पहुँच दिँदै भेनेजुएला : ‘स्रोतसाधन र सार्वभौमसत्ता आफ्नै नियन्त्रणमा’ | बाढी–पहिरोमा नेपाललाई छिमेकीको साथ : भारतबाट डीएनए टोली, र चीनबाट सुरुङ विज्ञ सहित ५० टन राहत | सिराहामा मोटरसाइकलको भाइजरमा लुकाएको ब्राउन सुगरसहित २६ वर्षीय युवक पक्राउ | दुई महिनामै सार्वजनिक खरिद नियमावलीमा दुई संशोधन, ठेक्काको म्याद थप्ने बाटो फेरि खुला | उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु | कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी, पहिरो र बाढीको जोखिम | भोटेकोशीमा बाढीको जोखिम तत्काललाई कम, हल्लाको पछि नलाग्न आग्रह |

नागरिकता विधेयक प्रमाणीकरणभन्दा फिर्ता हुने सम्भावना

नागरिकता विधेयक प्रमाणीकरणभन्दा फिर्ता हुने सम्भावना

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठकबाट पारित नागरिकता विधेयकको सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवासँग राष्ट्रपति विद्यादेवी भण्डारीले परामर्श गरेकी छन् ।

प्रधानमन्त्री देउवासँगको राष्ट्रपति कार्यालयमा भएको भेटघाटमा विधेयकमा समेटिएका केही बुँदाप्रति उनले गम्भीर चासो व्यक्त गरेकी हुन् । नागरिकता विधेयकलाई राष्ट्रपति भण्डारीले १४ दिनदेखि विचाराधीन अवस्थामा राखेकी छन् ।

१५ दिनभित्र प्रमाणीकरण गरी त्यसको सूचना यथासम्भव चाँडो दुवै सदनलाई दिनुपर्ने संवैधानिक व्यवस्था भएपनि यो विषय अझै उल्झनमा रहने देखिएको छ ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवासँगको भेटवार्तामा विधेयकमा समेटिएका झन्डै एक दर्जन बुँदाहरूका सम्बन्धमा गम्भीर चासो व्यक्त गरेकी राष्ट्रपति कार्यालय उच्च स्रोतले बताएको छ ।

नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्ने संवैधानिक व्यवस्था छ । पेस भएको विधेयक १६ दिनभित्र प्रमाणीकरण गरी त्यसको सूचना यथासम्भव चाँडो दुवै सदनलाई दिनुपर्ने संवैधानिक व्यवस्था छ ।

उच्च स्रोतका अनुसार, राष्ट्रपति भण्डारीले व्यक्त गरेका बुँदाहरूमा प्रधानमन्त्री देउवाले गम्भीर नबनेकाले विधेयक प्रमाणीकरणभन्दा फिर्ता हुने सम्भावना बलियो छ ।

 


Thali Mobile Pvt.Ltd.