निजामती कर्मचारीका सन्ततिको दरखास्त आह्वान

निजामती कर्मचारीका सन्ततिको दरखास्त आह्वान

काठमाडौं । निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति प्रदान गर्न दरखास्त आह्वान गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीका सन्तत्तिलाई उच्च शिक्षाका लागि उपलब्ध गराइँदै आएको शैक्षिक प्रोत्साहन वृत्ति पुनः सुचारु गर्ने सरकारको निर्णय पछि मन्त्रालयले सूचना निकालेर १५ दिनभित्र आवेदन दिन आह्वान गरेको हो ।

मन्त्रालयको शैक्षिक प्रोत्साहन वृत्ति व्यवस्थापन समितिको सचिवालयले कक्षा १२ वा सरहको परीक्षामा कम्तीमा २.४ जीपीए वा ५० प्रतिशत भन्दा बढी अंक ल्याएका, स्वदेशी विश्वविद्यालय वा क्याम्पसमा स्नातक तहमा भर्ना भएकाले आवेदन दिन सक्ने उल्लेख गरेको छ।

 

 


Thali Mobile Pvt.Ltd.