काठमाडौं । चुनावको आचारसंहिताबारे छलफल गर्न निर्वाचन आयोगले सबै राजनीतिक दललाई बोलाएको छ । आचारसंहिताको मस्यौदामा राय परामर्श लिन बिहान ११ बजे दलहरुलाई बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, नेमकिपाआ अध्यक्ष नारायणमान बिजुक्छेँलगायतका सबै पार्टीका अध्यक्षलाई बोलाएको हो ।दलहरुसँग छलफल गरिसकेपछि निर्वाचन आचारसंहिता सार्वजनिक गर्ने आयोगले तयारी गरेको छ ।
सरकारले प्रतिनिधिसभा विघटन गरी आगामी बैशाख १७ र २७ गते निर्वाचन मिति घोषणा समेत गरिसकेको छ । प्रतिनिधिसभा विघटनसँगै नेकपा विभाजित भएको छ ।
