भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

निषेधाज्ञामा कडाई किराना पसल समेत बन्द

निषेधाज्ञामा कडाई किराना पसल समेत बन्द

काठमाडौं उपत्यकाको निषेधाज्ञा कडा पारिएको छ । शुक्रबारबाट किराना पसलहरु समेत खोल्न दिइएको छैन् । कोरोना रोकथामको लागि उपत्यकाका तिनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञा जेठ २० गतेसम्म लम्ब्याउदै थप कडाई गरेका हुन् ।

सागसब्जी, माछामासु, दुध किनबेचको लागि बिहान ९ बजेसम्म समय तोकिएको छ । मालवाहक सवारी साधनलाई सञ्चालनमा रोक लगाइएको जनाएको छ । बैंक तथा वित्तीय क्षेत्रलाई सीमित कर्मचारी राखेर कार्यालय सञ्चालन गर्न भनिएको छ । अत्यावश्यक दैनिक उपभोग्य र इन्टरनेट सेवासम्बन्धी सवारी राति ९ देखि बिहान ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछ ।

सरकारी कार्यालयबाट दिइने सेवा पनि स्थगित गरिएको छ । काठमाडौं उपत्यकामा कोरोना भाईरसको मृत्युदर र संक्रमणदर सोचे अनुसार नियन्त्रणमा नआएपछि थप कडाई गरिएको हो । शुक्रबारदेखि थप गरिएको निषेधाज्ञामा एकसाताका लागि खाद्यान्न पसल पूर्ण रूपमा बन्द गरिनेछन् ।

 


Thali Mobile Pvt.Ltd.