भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

निषेधाज्ञा अझै लम्ब्याउन स्वास्थ्य मन्त्रालयको माग

निषेधाज्ञा अझै लम्ब्याउन स्वास्थ्य मन्त्रालयको माग

काठमाडौं । कोरोना संक्रमण दर झन झन बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा निषेधाज्ञा थप एक साता लम्ब्याउन माग गरेको छ ।

विगत तीन सातादेखि जारी लकडाउन आज राति १२ बजेदेखि सकिदै छ । लकडाउन लम्ब्याए महामारी नियन्त्रण गर्न सहज हुने भन्दै स्वास्थ्य मन्त्रालयले एक साता लम्ब्याउन माग गरेको हो । दुई सय बढी एक्टिभ केस भएका ठाउँमा लकडाउन र पाँच सय बढी एक्टिभ केस भएका ठाउँमा कर्फ्यु नै लगाउने भन्ने स्वास्थ्यको मापदण्डअनुसार चल्नुपर्ने मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले बताए ।

पूर्ण रुपमा लकडाउन खोलिदिँदा अस्पताल र चिकित्सकहरुलाई संक्रमित व्यवस्थापन गर्न गाह्रो हुने, अस्पतालमा ठाउँको अभाव हुने मन्त्रालयको ठहर छ ।

 


Thali Mobile Pvt.Ltd.