भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

नीति तथा कार्यक्रममा पहिले कसले बाेल्ने ?

नीति तथा कार्यक्रममा पहिले कसले बाेल्ने ?

काठमाडौं । सरकारले संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल हुँदैछ ।

प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि बोल्ने भएका छन् ।

एमाले उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले भने, “हाम्रो पार्टीको तर्फबाट सरकारको नीति तथा कार्यक्रमबारे पार्टी अध्यक्ष तथा संसदीय दलका नेता पहिले बोल्नुहुन्छ ।

समसामयिक विषयमा पनि बोल्नुहोला ।” संसद्मा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल हुँदैछ । शनिबार बसेको एमाले संसदीय दलको बैठकले सरकारको नीति तथा कार्यक्रमको सशक्त विरोध गर्ने निर्णय गरेको हो ।

अध्यक्ष ओलीले नीति तथा कार्यक्रमको सशक्त प्रतिवाद गर्न एमाले नेताहरुलाई निर्देशनसमेत दिएका छन् । नीति तथा कार्यक्रम दिशाहीन र अन्योलग्रस्त रहेको ओलीले बताएका छन् । सरकारले जनतालाई भ्रम पार्ने किसिमले नीति तथा कार्यक्रम ल्याएकाले उनको भनाइ छ ।

आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

आर्थिक वर्ष २०८०/०८१ नीति तथा कार्यक्रममाथि जेठ ११ गतेसम्म छलफलका लागि समय तोकिएको छ । छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको प्रधानमन्त्री प्रचण्डले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित हुनेछ ।

त्यसपछि जेठ १५ गते सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्नेछ ।

 


Thali Mobile Pvt.Ltd.