नुहाउने क्रममा बेपत्ता भएका शिक्षक भिरमा भेटिए, हेलिकोप्टरबाट उद्धार

नुहाउने क्रममा बेपत्ता भएका शिक्षक भिरमा भेटिए, हेलिकोप्टरबाट उद्धार

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका वडा नं. १ स्थित छ्यादी खोलामा नुहाउने क्रममा बेपत्ता भएका शिक्षक केशव सिवाकोटी जिवितै फेला परेका छन् ।

दोलखाको कालिन्चोक ३ स्थायी घर भएका सिवाकोटीलाई हेलिकोप्टरको सहयोगमा उद्धार गरिएको छ ।

शिक्षक सिवाकोटी ढुंगामा अड्किएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता एवम् डिएसपी दक्षकुमार बस्नेतले बताए ।

उनको उद्धारमा हेलिकोप्टर प्रयोग गरिएको बस्नेतले बताए । ‘ठाउँ अप्ठ्यारो भएकाले उद्धारका लागि हेलिकोप्टर नै प्रयोग गर्नुपरेको हो ।’

 


Thali Mobile Pvt.Ltd.