काठमाडौं । समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशन आज सुरु हुँदैछ ।
अर्पण बैंक्वेट बानेश्वरमा तय गरिएको अधिवेशनको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्दैछन् ।
आज सुरु हुने अधिवेशनबाट संगठनको नयाँ नेतृत्व चयन गरिने बताइएको छ।
सम्मेललनमा देशभरबाट ४ सय पत्रकारहरुका प्रतिनिधिले सहभागिता जनाउँदै छन् ।
हाल यस संगठनको अध्यक्ष शम्भु श्रेष्ठ छन् भने महासचिवमा भुपराज खडका रहेका छन् ।
