भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

नेकपा विवाद प्रदेश तहका सरकार सम्म

नेकपा विवाद प्रदेश तहका सरकार सम्म

काठमाडौं । संसद भंग भएर झन विवादमा तानिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक अंक गणित प्रदेश तहसम्म पुगेको छ । विभाजनमा प्रदेश सरकारको अंकगणित के हुन्छ भन्ने जोडघटाउ दुबै पक्षले सुरु गरेका छन् । गण्डकी प्रदेशमा अहिले नेकपाको दुई तिहाइ बहुमतको सरकार छ ।

नेकपा फुटेमा बागमती प्रदेश सरकार अल्पमतमा पर्ने देखिएको छ ।संविधानको धारा १८८ को उपधारा २ मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा प्रदेश सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासका मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ ।

मुख्यमन्त्रीको प्रस्ताव बहुमतले पारित हुन नसकेमा आफ्नो पदबाट मुक्त हुने उपधारा ३ ले व्यवस्था गरेको छ । सोही धाराको उपधारा ४ मा एक चौथाइ सांसदले अविश्वासको प्रस्ताव पनि पेश गर्न सक्ने व्यवस्था छ । नेकपा विभाजन भएमा अर्को पक्षले अविश्वासको प्रस्ताव पनि पेश गर्ने देखिएको छ ।

मुख्यमन्त्रीका लागि प्रस्तावित नामसहित अविश्वासको प्रस्ताव भएर बहुमतले पारित गरेमा अहिलेको सरकार ढल्ने छ । यस्तै कर्णाली प्रदेशबाट भएको विवाद अहिले संसद विघटन सम्म पुगेको छ । शक्तिको जोडघटाउ सातै प्रदेशमा सुरुभएको छ ।

 


Thali Mobile Pvt.Ltd.