काठमाडौं । डेंगु संक्रमणबाट नेपालमा ७ जनाको मृत्यु भएको छ । सात हजार सात सय ३३ जनामा संक्रमण हुँदा डेंगुबाट ७ जनाको ज्यान गएको स्वास्थ्य सेवाविभागले जनाएको हो ।
देशका सबै जिल्लामा डेंगु सार्ने लामखुट्टे रहेको र जतिबेलापनिडेंगु सर्न सक्ने जनाएको छ । डेंगु संक्रमितको उपचार नेपाल सरकारका सबै अस्पतालमा निःशुल्क हुने गरेको र डेंगु रोकथाम र नियन्त्रणकालागि लार्भा खोज र नष्ट गर अभियानलाई प्रभावकारी बनाउन विभागले आह्वान गरिएको छ ।
नेपालमा डेंगु पहिलो पटक २०६१ सालमा देखिएको थियो । देशका ७१ जिल्लामा डेंगु संक्रमण देखिएको विभागले जनाएको छ ।
