काठमाडौं । अष्टलक्ष्मी शाक्य बागमतीको मुख्यमन्त्री नियुक्त भएकी छन् । बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएसँगै उनी नेपालको पहिलो मुख्यमन्त्री बन्ने सौभाग्य जुरेको हो ।
एमाले माधव पक्षमा खुलेरै लागेकी उनी पछिल्लो समय केपी निकट भनेर चिनिन्छिन् । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले प्रदेश सभाको ठूलो दल एमाले संसदीय दलका नेता शाक्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएसँगै शाक्य मुख्यमन्त्री बन्ने अवसर मिलेको हो । बुधबारमात्रै शाक्य एमाले संसदीय दलको नेता चयन भएकी थिइन् ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएसँगै एमाले विभाजन भएकाे छ । नयाँ बनेकाे नेकपा समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल छन् भने वरिष्ठ नेतामा झलनाथ खनाल छन् । अन्य सबै ९३ जना केन्द्रीय सदस्य छन् ।
संसद र संविधानको रक्षा, पार्टी एकताका विषयमा पटक पटक आवाज उठाए पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन नगरेका कारण पार्टी फूटाउँनु पर्छ भनेर उफ्रिनेमा शाक्य पहिलाे थिइन् । तर फुटको वातावरण सिर्जना भएपछि उनी केपी पक्षमा लागेकी एमाले नेताहरूले बताए ।

