२१ बैशाख २०७७ काठमाडौं । नेपालगन्जमा थप ६ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्रोतका अनुसार नेपालगन्जकै थप ६ जनामा कोरोना पुष्टि भएको हो ।
थप संक्रमित यस अघि संक्रमित भएकाहरुकै परिवारका सदस्य र नातेदार रहेको मन्त्रालयका प्रवक्ता डां. समिरकुमार अधिकारीले विज्ञप्ति निकालेर जनाएका छन् । भेरी अस्पतालको ल्याबमा गरिएको परीक्षणबाट नयाँ संक्रमितमा १६, २१ र ३४ वर्षीय पुरुष रहेका छन् ।
त्यसैगरी ४०, ५५ र ६० वर्षीया महिला पनि कोरोना संक्रमित भएका छन् । आइतवार दिउँसो मात्रै नेपालगन्जमा पाँच पुरुष र चार महिलामा कोरोना पुष्टि भएको थियो । नेपालगंजमा एकजना ६० वर्षीय मुस्लिम धर्मगुरुमा पहिलो कोरोना संक्रमण देखिएको थियो ।
यसअघि आइतवार दिउँसो संक्रमण पुष्टि भएका ९ जना कोरोना भाइरसका नयाँ बिरामीमध्ये ७ वर्षीय रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालगन्जमा ७ वर्षीयदेखि ५८ वर्षीयसम्मलाई कोरोना देखिएको जानकारी दिएका छन् ।
सङ्क्रमितका परिवार र नजिकका आफन्त आठ जनालाई महेन्द्र बहुमुखी क्याम्पसस्थित क्वारेन्टाइनमा राखिएको थियो । कोरोना पुष्टि भएपछि उनीहरुलाई खजुरास्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा लगिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत एवम् कोरोना फोकल पर्सन नरेशमान श्रेष्ठले नेपालगञ्जमा कोराना सङ्क्रमितको सङ्ख्या १६ पुगेको बताएका छन् । आइतवार वीरगञ्जमा पनि एकजना संक्रमित भेटिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको संख्या ७५ पुगेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
झापा, १५ बैशाख । झापाको हल्दीबारी गाउँपालिका-५ त्रिवेणी चोकमा गएको राति आएको हावाहुरीले टिनको छाना भएको घर भत्किँदा ६५ वर्षीय मानबहादुर मगरको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय झापाका...
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास...
भक्तपुर, १ जेठ । भक्तपुरको गठ्ठाघरमा अधुरो रहेको किरियापुत्री भवन निर्माण सम्पन्न गर्न आगामी जेठ ४ गतेदेखि श्रीमद्भागवत महायज्ञ हुने भएको छ। सनातन पितृमुक्ति समाज गठ्ठाघरको आयोजनामा हुने महायज्ञबाट...
म्याग्दी, १ जेठ । विगत तीन दशकयता यहाँको ऐतिहासिकस्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा र पँधेराहरु नासिएका छन् । तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली ज्यामरुककोटमा १७औँ शताब्दीमा ज्यामरुके राजा...