नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १२७७२ पुग्यो (भिडियो)

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १२७७२ पुग्यो (भिडियो) image

१४ असार २०७७ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४६३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

भिडियाे…

https://www.facebook.com/Kailashkhabarnews/videos/340561993596587/

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ४६३ जनामा संक्रमण देखिएको हो ।आज थपिएका ४६३ सहित नेपालमा संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १७९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या ३०१३ पुगेको छ । कुल संक्रमितमध्ये २८ जनाको मृत्यु भएको छ ।

संक्रमित बढ्दै
नेपालमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ । पछिल्ला दिनमा दैनिकजसो कम्तीमा पनि पाँच सय जना संक्रमित भेटिइरहेका छन् । संक्रमितको संख्या दैनिक बढ्दै जाँदा पिसिआर परीक्षण भने बढ्न सकेको छैन । कोरोना भए–नभएको पत्ता लगाउने प्रयोगशाला परीक्षणको विधि पिसिआर हो ।

विज्ञहरुले दैनिक कम्तीमा पनि १५ हजारको हाराहारीमा पिसिआर परीक्षण हुनुपर्ने बताउँदै आएका छन् । तर पिसिआर परीक्षण भने ७ हजारभन्दा माथि उठ्न सकेको छैन । त्यो पनि असार ६ गते एक दिन मात्र ७ हजार ४ सय १६ जनाको पिसिआर परीक्षण भएको थियो । त्यसपछि पिसिआर परीक्षण ६ हजार माथि जान नसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथ्यांकले पनि देखाउँछ ।

कर्णालीका २१४ जना कोरोना संक्रमणमुक्त

कर्णाली प्रदेशका २१४ जना संक्रमित स्वास्थ्यलाभ गरी घर फर्केका छन्। यसमा दैलेखका मात्रै २०५ जना छन् । घर फर्कनेहरुमा २०१ पुरुष र १३ महिला छन् । यसमा सबैभन्दा बढी दैलेखको नौमुले गाउँपालिकामा रहेको आइसोलेसन सेन्टरबाट तीन महिला र १२९ पुरुषगरी १३२ जना कोरोना निको भएर घर फर्केको कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएकाे छ ।

त्यस्तै, दैलेखकै डुंगेश्वर आइसोलेसन सेन्टरबाट सात महिला र ५६ पुरुष, दैलेख अस्पताल र नारायण आइसोलेसनबाट दुई महिला सात पुरुष, सुर्खेत सालकोट आइसोलेसनबाट एक महिला, सात पुरुष र ठाँटीकाँध आइसोलेसन दैलेख र रुकुमपश्चिम अस्पतालबाट एक÷एक जना कोरोना संक्रमित निको भएर घर फर्केको महाशाखाका प्रमुख डा . तिवारीले बताए ।

उनका अनुसार शनिबार २१४ कोरोना निको भएसँगै हालसम्म कर्णालीमा यो संक्रमणबाट निको भएर घर फर्कनेको संख्या ९३४ पुगेको छ । कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा शनिबार गरिएको पिसिआर परीक्षणमा सुर्खेत पञ्चपुरीका १५ महिनाका बच्चासहित सात जनामा कोरोना पुष्टि भएको बताउँदै महाशाखा प्रमुख डा तिवारीले कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार ४४० पुगेको बताए ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • हावाहुरीका कारण झापामा एक जनाको ज्यान गयो image

    हावाहुरीका कारण झापामा एक जनाको ज्यान गयो

    झापा, १५ बैशाख । झापाको हल्दीबारी गाउँपालिका-५ त्रिवेणी चोकमा गएको राति आएको हावाहुरीले टिनको छाना भएको घर भत्किँदा ६५ वर्षीय मानबहादुर मगरको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय झापाका...

  • मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै image

    मुस्ताङको ठिनी खोलामा धमाधम मोटरेबल पुल बन्दै

    मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका थाकका पाँच गाउँ जोड्ने रिङरोडको ठिनी खोलामा धमाधम मोटरेबल पुल निर्माण भइरहेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास...

  • किरियापुत्री भवन निर्माणका लागि गठ्ठाघरमा श्रीमद्भागवत महायज्ञ हुने image

    किरियापुत्री भवन निर्माणका लागि गठ्ठाघरमा श्रीमद्भागवत महायज्ञ हुने

    भक्तपुर, १ जेठ । भक्तपुरको गठ्ठाघरमा अधुरो रहेको किरियापुत्री भवन निर्माण सम्पन्न गर्न आगामी जेठ ४ गतेदेखि श्रीमद्भागवत महायज्ञ हुने भएको छ। सनातन पितृमुक्ति समाज गठ्ठाघरको आयोजनामा हुने महायज्ञबाट...

  • ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए image

    ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

    म्याग्दी, १ जेठ । विगत तीन दशकयता यहाँको ऐतिहासिकस्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा र पँधेराहरु नासिएका छन् । तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली ज्यामरुककोटमा १७औँ शताब्दीमा ज्यामरुके राजा...


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.