भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

नेपालले जिम्बावे ‘ए’ लाई जितका लागि १८२ रनको लक्ष्य दियो

नेपालले जिम्बावे ‘ए’ लाई जितका लागि १८२ रनको लक्ष्य दियो

काठमाडौँ । पहिलो टी–ट्वान्टीमा सिरिजमा नेपालले जिम्बावे ‘ए’ टोलीलाई जितका लागि १८२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रनको योगफल बनायो । नेपालका लागि आदील अन्सारीलेले सर्वाधिक ४७ रनको योगदान दिए । उनले २७ बलमा चार चौका र तीन छक्कासहित ४७ रनको योगदान दिए ।

त्यस्तै कुशल भुर्तेलले ४६ रन जोड्दा रोहित पौडेलले ३९ रन बनाए । दीपेन्द्र सिंह ऐरीले २८ रन बनाए भने आसिफ शेख ९ रनमा आउट भए । आरिफ शेख २ रनमा आउट भए भने करण केसी ४ रनमा अविजित रहे । बलिङमा जिम्बावेका ब्राड इभान्स, लुक जोंग्वे, बे्रन्डन मभुता र जोन मसराले समान १र१ विकेट लिए । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एक दिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’ टोली सँग उक्त सिरिज खेलिरहेको हो ।

 


Thali Mobile Pvt.Ltd.