भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

नेपालले फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्दै

नेपालले फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौं । साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेल्दै छ ।

मनिलाको रिजल मेमोरियल फुटबल स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ पौने ५ बजे सुरु हुनेछ ।

फिफाको अन्तर्राष्ट्रिय मान्यता प्राप्त यो खेलका लागि नेपाली टोली २ दिनअघि त्यसतर्फ गएको थियो ।

२ दिन त्यहाँको प्रशिक्षण र एक मैत्रीपूर्ण खेलपछि नेपाली टोली त्यहाँबाट साफ च्याम्पियनसिपमा सहभागी हुन भारतको बेङ्गलुरु जानेछ।

फिफाको विश्व वरियतामा फिलिपिन्स १ सय ३६ र नेपाल १ सय ७४ औं स्थानमा छ।

यी दुईबीच अहिलेसम्म ६ खेल हुँदा नेपालले १ र फिलिपिन्सले ४ खेल जितेका छन् भने १ खेल बराबरी भएको छ।

 


Thali Mobile Pvt.Ltd.