भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

नेपाली कांग्रेस नेतृत्वको सरकारले गरेको निर्णय कार्यान्वयन गरेको हुँ : प्रधानमन्त्री

नेपाली कांग्रेस नेतृत्वको सरकारले गरेको निर्णय कार्यान्वयन गरेको हुँ : प्रधानमन्त्री

काठमाडौं । अयोग्य लडाकुलाई २ लाख रूपैयाँ दिने निर्णय आफ्नो नभएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दाबी गरेका छन् । प्रधानमन्त्री दाहालले अयोग्य लडाकुलाई प्रतिव्यक्ति २ लाख रूपैयाँ दिने निर्णय आफ्नो नभएको सोमबार चितवनमा संचारकर्मीसँग कुरा गर्दै दाबी गरेका हुन ।

२०७१ सालमा अयोग्य लडाकुलाई पैसा दिने निर्णय कार्यान्वयन भएको बताउँदै २०७१ सालमा नेपाली कांग्रेस नेतृत्वको तत्कालीन सरकारले गरेको निर्णय आफूले कार्यान्वयन मात्रै गरेको बताएका हुन । आफूले गरेको निर्णय भनिएर जसरी प्रचार गरिएको कुरा झुटो भएको बताउँदै उनले अदालतको फैसलालाई आधार बनाएर निर्णय कार्यान्वयन गरेको जानकारी दिए ।

विषय अदालतसम्म पुगेको र अदालतले तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि पैसा दिने प्रक्रिया रोकिएको र आफू प्रधानमन्त्री हुनुभन्दा केहीअघि पुनः अदालतले नरोक्न भनेपछि अयोग्य लडाकुलाई पैसा दिने निर्णय गरेको उनले बताए ।

 


Thali Mobile Pvt.Ltd.