भर्खरै : Sorry, your browser does not support inline SVG.
यात्रामा निस्किनुअघि सावधान! बाढी-पहिरोले यी राजमार्ग र सडक पूर्ण बन्द, कतिपयमा एकतर्फी मात्र सञ्चालन | युट्युब बन्यो गुरु! दाङकी सुलोचनाले ११ कट्ठामा कागती खेती गरेर कमाइन् लाखौँ रुपैयाँ | काम नगर्ने चार निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता रद्द | युक्रेन युद्ध रोक्न ट्रम्प–पुटिनबीच ९० मिनेट वार्ता, पुटिनले दिए मस्को भ्रमणको निम्तो | लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन र राजस्व दुवै घट्यो | नौबिसे-मलेखु सडक विस्तारले समात्यो गति, ६०% काम सम्पन्न, बिटुमिन संकटपछि फेरि तीव्र निर्माण | प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी | मौसमी चेतावनी: यी प्रदेशमा ठूलो वर्षा र हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह |

नेपाल जग्गा तथा आवास विकास महासंघको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित

नेपाल जग्गा तथा आवास विकास महासंघको नयाँ कार्यसमिति निर्विरोध निर्वाचित

काठमाडाैं । नेपाल जग्गा तथा आवास विकास महासंघको पहिलाे अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएकाे छ । जसकाे नव निर्वाचित पदाधिकारीमा महासंघको अध्यक्षमा भेषराज लोहनी, दीपककुमार मल्होत्रा वरिष्ठ उपाध्यक्ष, राजकुमार राई उपाध्यक्ष, विदुर धमला उपाध्यक्ष, विष्णुप्रसाद घिमिरे महासचिव, रामसुन्दर बके सचिव, रोशन भोयद्यो कोषाध्यक्षमा निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा अरुण स्तोम त्रिपाठी गण्डकी प्रदेशबाट, बाबुराम अधिकारी बागमती प्रदेशबाट, दशरथ पौडेल लुम्बिनी प्रदेशबाट,श्रीधर महरा क्षेत्री खुल्ला, पूर्णिमा राजभण्डारी खुल्लारुपमा निर्वाचित भएका हुन । निर्वाचित कार्यसमितिका पदाधिकारीहरुको सपथ ग्रहण आज हुने निर्वाचन अधिकृत कृष्ण प्याकुरेल, नवीन धिताल र मुख्य निर्वाचन अधिकृत
डा. गोकुलप्रसाद बुर्लाकोटीले बताए ।

सचिव पदमा निर्विरोध निर्वाचित भएका पयर्टन व्यवसायी रामसुन्दर बकेले देशैभरका व्यवसायीलाई उत्साहित गर्ने याेजना अघि सार्ने बताए । ए.आर.ल्यान्ड डेभलपर्स प्रालिका अध्यक्ष तथा भिलेज हाइल्याण्ड रिसोर्ट रानीकोट भक्तपुरका सञ्चालकसमेत रहेका बकेले शुक्रबार काठमाडौंमा भएको संघको पहिलो अधिवेशनबाट कार्यसमितिमा चुनिएका सबै पदाधिकारीलाइ एक चरण सातै प्रदेशमा व्यवसायीक सम्भाव्यता अध्यन गरेर याेजना अगाडी बढाउने बताए ।

साना तथा मझाैला व्यवसायीलाइ पनि राष्ट्र र जनताकाे पक्षमा काम गराउँने उदेश्य राखेर नेपाल जग्गा तथा आवास विकास महासंघमा समेट्ने बताए । समितिको चैत्र १७–१८ गते सम्पन्न निर्वाचनबाट पदाधिकारी तथा सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन ।

 


Thali Mobile Pvt.Ltd.