भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर रेबिजविरुद्धको खोप अभाव, आपूर्ति मागभन्दा कम हुँदा स्वास्थ्य प्रणालीमा दबाब | सिथि नखः पर्वमा पानीका स्रोत सरसफाइ, नेवार समुदायको परम्परागत अभ्यास | राष्ट्र बैंकद्वारा सीईओको तलब-भत्ता सम्बन्धी नयाँ मार्गदर्शन जारी, पारिश्रमिकमा एकरूपता ल्याउने लक्ष्य | कृषि तथा पशुपन्छी अनुदान छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन | कोशी प्रदेशबाट मनसुन प्रवेश, केही स्थानमा चट्याङसहित मध्यम वर्षा र भारी वर्षाको सम्भावना | इजरायल र हिजबुल्लाहबीच युद्धविरामको सहमति, तर व्यवहारमा आक्रमण जारी रहेको दाबी | श्चिम एसियामा तनाव घटाउने प्रयास : नाकाबन्दी अन्त्यको घोषणा | नागरिकले आफैँ राष्ट्रिय परिचयपत्र डाउनलोड गर्न सक्ने सेवा सुरु |

नेपाल–भारत जोड्ने झोलुङ्गे पुलको लठ्ठा चुडिँयो, आवतजावत बन्द हुदा सास्ती

नेपाल–भारत जोड्ने झोलुङ्गे पुलको लठ्ठा चुडिँयो, आवतजावत बन्द हुदा सास्ती

दार्चुला । झोलुङ्गे पुलको भारततर्फ लठ्ठा भाँचिदा आवतजावतमा समस्या भएको छ । पुल मर्मतपछि मात्र आवागमन गर्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ । एक सूचना जारी गर्दै प्राविधिक जाँचपछि मात्रै पुलमाथि आवतजावत गर्न अनुरोध गरेको सहायक प्रमुख जिल्ला अधिकारी प्रदीपसिंह धामीले बताए ।

महाकाली नगरपालिका–९ दत्तु र भारतको बालुवाकोट जोड्ने झोलुङ्गे पुलको लठ्ठा चुडिँएको हो । यो नाकाबाट दैनिकरूपमा सयौँ स्थानीय आवातजावत गर्ने गर्दछन् । जिल्लाको महाकाली नगरपालिका, मालिकार्जुन, लेकम गाउँपालिकाका र शैल्यशिखर नगरपालिकाका अधिकांश बासिन्दा दैनिक उपभोग्य सामान किनमेलका लागि

झोलुङ्गे पुलबाट भारतको बलुवाकोट जाने गरेका छन् । पुलमाथि आवतजावत बन्द भएपछि स्थानीयवासीलाई दैनिक उपभोग्य समान किन्न समस्या परेको स्थानीय नारद विष्टले बताए ।

 


Thali Mobile Pvt.Ltd.