एजेन्सी । भारतको झारखण्डमा दलित छात्राको आत्महत्यापछि विद्यालयका प्रधानाध्यपक र शिक्षक जेल चलान भएका छन् ।
१७ वर्षकी छात्राको आत्महत्या दुरुत्साहनको आरोप लागेपछि प्रधानाध्यापक र शिक्षक जेल चलान भएका हुन ।
प्रहरीले उक्त घटनाको गहिरो गरी जाँच थालेको जनाएको छ ।
छात्राको सुसाइड नोटको जाँच र अन्य पक्षबारे आवश्यक अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।
उक्त घटना धनबादमा भएको हो ।
