भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

न्यायपरिषद्मा जुहारी, प्रधानन्यायाधीशले बोलाएको बैठक अवज्ञा गर्न बारको निर्देशन

न्यायपरिषद्मा जुहारी, प्रधानन्यायाधीशले बोलाएको बैठक अवज्ञा गर्न बारको निर्देशन

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बोलाएको न्यायपरिषद् बैठकमा सहभागी नहुन परिषद्का सदस्यहरुरूलाई नेपाल बार एशोसिएसन निर्देशन गरेको छ ।

जबराको राजीनामा माग्दै आन्दोलनरत एशोसिएसनले परिषद् सदस्यहरुलाई पत्र लेखेर बैठकमा सहभागी नहुन निर्देशन दिएको हो । न्यायपरिषद् बैठकमा उपस्थित नभई अवज्ञा गर्न पत्रमा अनुरोध गरिएको छ ।

बैठकबाट प्रधानन्यायाधीश जबराले थप विकृति, विसंगतिजन्य कार्य गर्ने, गर्न लगाउने आशंका रहेको एशोसिएसनको ठहर छ ।

मन्त्रिपरिषद् सदस्यको भागबण्डामा प्रधानन्यायाधीश जबरा मुछिएपछि एशोसिएसनले चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

 


Thali Mobile Pvt.Ltd.