भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

उदाउँदो सूर्यलाई अर्घ दिएर सकियो छठ पर्व

उदाउँदो सूर्यलाई अर्घ दिएर सकियो छठ पर्व

काठमाडौं । चार दिन सम्म मनाइने छठ पर्व उदाउँदो सूर्यलाई अर्घ दिएर आज बिहान सम्पन्न भएको छ । परिवारका सबै सदस्य मिलेर उदाउँदो सूर्यलाई गाईको दूधको अर्घ दिएर बिहीबार पर्व सम्पन्न भएको हो । छठको पहिलो दिन नुहाई खाई, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ र अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ दिएर सम्पन्न भएको हो ।

हिजो काठमाडौं स्थित आयोजना गरिएको पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पूजा गरेकी थिइन् । तराईको मुख्य पर्वका रुपमा सिमित भएको छठ पर्व पहिले सहर गाउँका मुख्य मुख्य पोखरी, तलाउ, नदीमा मात्र मनाइने गरिन्थ्यो भने यसपालि छठ पूजा टोलटोल, गाउँगाउँका हरेक पोखरी तलाउ नदीमा पनि मनाइएको छ ।

बालबालिकादेखि जेष्ठ नागरिकसम्म सहभागी भएर विशेषगरी काठमाडौमा पनि भव्यताका साथ पर्व मनाइएको छ । तराईवासी र मैथिल समाजले मनाउने विशेष चाडको रुपमा परिचित यो पर्व अन्य क्षेत्रका बासिन्दाले पनि मनाउने क्रम बढ्दै गएको छ । छठमाई प्रतिको आस्था बढदै गएकाले अहिले हिन्दुमात्र नभई केही अन्य धर्मावलम्बीहरुले पनि मनाउन थालेका छन ।

पर्व मनाउँदा छालारोग निको हुने, पुत्रलाभ हुने, आर्थिक समृद्धि तथा सुख, शान्ति प्राप्त हुने जस्ता जनविश्वास रहि आएको छ ।

 


Thali Mobile Pvt.Ltd.