भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशले सम्पत्ति छानबिन रोकियो, १२ हजारको विवरण आयोगमै थन्कियो | सरकारी कर्मचारीको नयाँ तलब लागू, न्यूनतम ४० हजारदेखि १ लाख रुपैयाँभन्दा बढी | नयाँ आर्थिक वर्षसँगै नयाँ कर लागू : शिक्षा, स्वास्थ्य, बिजुली र सेयर कारोबारमा असर | ट्रम्पको आरोप : चीनले अमेरिकी निर्वाचन प्रणालीमा साइबर घुसपैठ गर्‍यो, गोप्य दस्ताबेज सार्वजनिक गर्ने घोषणा | बाढी-पहिरोको असर : देशका विभिन्न राजमार्ग अवरुद्ध, यात्रा अघि सडक अवस्था बुझ्न आग्रह | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी, बाढी–पहिरोको जोखिम बढ्यो | वार्षिक ७० लाख आम्दानी गर्दै कृषक नेम्वाङ | रित्तिँदै गाउँ, सम्झनामा सीमित बन्दै बस्ती |

पत्नी सीताको जीवन रक्षाका लागि प्रचण्डले मन्दिरमा चढाए ५१ हजार रुपैयाँ

पत्नी सीताको जीवन रक्षाका लागि प्रचण्डले मन्दिरमा चढाए ५१ हजार रुपैयाँ

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले पत्नी सीता दाहालको जीवन बचाइदिन भन्दै उज्जैनस्थित महाकाल बाबाको मन्दिरमा भाकल गरेका छन् ।

शुक्रबार मध्य प्रदेशको भ्रमणमा रहेका उनले बिहान नयाँ दिल्लीबाट इन्दौर हुँदै उज्जैन पुगे ।

त्यहाँ उनले महाकाल बाबाको गर्भ गृहमा पत्नीको स्वास्थ्यलाभको कामनासहित विशेष पूजा गरेका हुन् ।

पूजा समारोहमा मध्य प्रदेशका राज्यपाल मंगुभाई पटेल सहितको उपस्थिति रहेको थियो ।

प्रधानमन्त्री प्रचण्डले दर्शनका क्रममा १०० रुद्राक्ष र नगद रु ५१ हजार चढाएको मन्दिरका शासकीय पुजारी पण्डित घनश्याम शर्माले बताए ।

 


Thali Mobile Pvt.Ltd.