भर्खरै : Sorry, your browser does not support inline SVG.

पत्रकार महिलाको गोली हानी हत्या

पत्रकार महिलाको गोली हानी हत्या

काठमाण्डौ । अफगानिस्तानमा एक महिला पत्रकारको गोली हानी हत्या भएको छ । रेडियो र टेलिभिजनमा कार्यरत पत्रकार मलाला माइवन्दको हत्या भएको हो ।

कार्यालय जाँदै गर्दा हतियारधारी समूहले उनी चढेको गाडीमा आक्रमण गरेका थिए । आक्रमणमा उनको गाडी चालकको पनि ज्यान गएको छ । आक्रमण कसले गर्यो भन्ने अझै पुष्टि भएको छैन । आक्रमणकारी गोली हानेर भागेको सञ्चारमाध्यमले जनाएका छन् ।

सामाजिक अभियन्ता समेत रहेकी माइवन्दले पत्रकार महिलाको हकहितका लागि आवाज उठाउँदै आएकी थिइन् । उनकी आमाको पनि पाँच वर्षअघि हत्या भएको थियो । अफगानिस्तानमा पछिल्लो समय पत्रकार, सामाजिक अभियन्ता र राजनीतिज्ञलाई लक्षित गरी ठाउँ ठाउँमा आक्रमण भइरहेका छन् ।

 


Thali Mobile Pvt.Ltd.