भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाइँदै

अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाइँदै

काठमाण्डौ । अन्तर्राष्ट्रिय पर्वतीय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । पानीको मुख्य स्रोत भएकाले यसको संरक्षणमा जोड दिँदै आइएको छ ।

पृथ्वीको कुल क्षेत्रमध्ये २२ प्रतिशत पर्वत क्षेत्र पर्ने र विश्वको कुल जनसंख्यामध्ये १५ प्रतिशत मानिस पर्वतीय क्षेत्रमा बसोबास गर्ने गरेको संयुक्त राष्ट्र संघले जनाएको छ । जलवायु परिवर्तन र जनसख्या वृद्धिका कारण पर्वतीय क्षेत्रमा असर पर्न थालेको छ । यही असरलाई न्यूनीकरणमा जोड दिँदै हरेक वर्ष डिसेम्बर ११ मा यो दिवस मनाउने गरिएको छ ।

पर्वतीय जीवनका बारेमा सचेतना जगाउने उद्देश्यले राष्ट्रसंघको आह्वानमा सन् २००३ देखि पर्वतीय दिवस मनाउन सुरु गरिएको हो। यस क्षेत्रमा बस्ने नागरिकको जनजीविका सहज बनाउन र वातावरणलाई बिग्रन नदिन दिवसले जोड दिएको छ ।

 


Thali Mobile Pvt.Ltd.