भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

पदाधिकारी टुंग्याउन सकस, माओवादी केन्द्रमा नेता नेताबीच किचलो

पदाधिकारी टुंग्याउन सकस, माओवादी केन्द्रमा नेता नेताबीच किचलो

काठमाडौं । पदाधिकारी टुंगो लगाउन बोलाएको स्थायी कमिटी बैठकमा नेता नेताबीच किचलो बढेपछि आज पनि नेकपा माओवादी केन्द्रको बैठक विना निष्कर्ष सकिएको छ ।

बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा छलफल भयो तर, नेताहरुबीचको किचलोका कारण पदाधिकारी अझै टुंगो नलागेको प्रवक्ता कृष्णबहादुर महराले बताए ।

उले भेन, ‘पदाधिकारीको विषय, कार्यक्रमको विषयमा विस्तृत र गम्भीर छलफल भयो । तर, पदाधिकारीको विषय अहिलेसम्म मूर्तरूपले टुंगिएन, केही नेताहरुको असन्तुष्टी बढेकाले भोलि १ बजे फेरि बस्ने गरी आजको बैठक टुंगिएको छ ।

अन्तिम निष्कर्ष बाँकी छ ।’ गत पुसमा महाधिवेशन गरेपनि अहिलेसम्म पदाधिकारी चयन गर्न नसकिरहेको माओवादी केन्द्रले गठबन्धनबाट चुनाव लड्ने बताइरहेको छ ।

 


Thali Mobile Pvt.Ltd.