भर्खरै : Sorry, your browser does not support inline SVG.
मेटामाथि बालबालिकालाई सामाजिक सञ्जालमा आकर्षित गरेको आरोप, अमेरिकी अदालतमा सुनुवाइ सुरु | सिद्धबाबा नजिक पहिरो खस्दा सिद्धार्थ राजमार्ग पूर्णरूपमा अवरुद्ध | युएईद्वारा इरानसँगको सबै व्यापारिक तथा वित्तीय कारोबार निलम्बन | मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि |

पनौती नगरपालिकामा उत्कृष्ट मेलमिलापकर्ता सम्मानित

पनौती नगरपालिकामा उत्कृष्ट मेलमिलापकर्ता सम्मानित

पनौती । पनौती नगरपालिका न्यायिक समितिको आयोजनामा भएको मेलमिलापकर्ता भेलामा उत्कृष्ट मेलमिलापकर्ता सम्मान २०८० बाट वडा नम्बर ९ का माधव प्रसाद हुमागाई सम्मानित भएका छन । उनलाई नगद पुरस्कार सहित नगर प्रमुख रामशरण भन्डारी, उपप्रमुख गीता बन्जारा , प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपाने लगायतले प्रमाणपत्र , नगद रु ५५५५र सहित दोसल्ला ओढाएर सम्मान गरेका हुन  ।

उपप्रमुख गीता बन्जाराको अध्यक्षता तथा प्रमुख राम शरण भन्डारीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपाने, मेलमिलाप कर्ताहरु रमा तिमल्सिना, लोकनाथ सापकोटा लगायतले आ आफ्नो मन्तव्य राखेका थिए ।न्यायिक समिति सदस्य महेन्द्रलाल श्रेस्ठले स्वागत गरेको कार्यक्रममा प्रमुख भन्डारीले मेलमिलापकर्ताको भुमिका अब्बल हुने ढङले कार्य गर्न नगर सदैव मेलमिलापकर्ताको हितमा आबश्यक कार्य गर्न तयार रहेको बताए ।

भेलालाई सम्बोधन गर्दै उप प्रमुख बन्जाराले न्यायिक समितिका विबाद निरुपणमा मेलमिलापकर्ताले अत्यन्त सर्हानिय कार्य गरेको, आफु जहिले नि मेलमिलापकर्ताहरुको साथ रहेको र आगामि दिनमा यसको निम्ति आबश्यक बजेट राख्न पहल गरिने बताइन । प्रदिप सापकोटाले सन्चालन गरेको उक्त कार्यक्रम दुर्इचरणमा भएको थियो । पहिलोचरणमा समुह विभाजन गरि समुह छलफल गरि निस्केका निचोडहरु प्रस्तुत गरिएको थियो ।

 


Thali Mobile Pvt.Ltd.