भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

पनौती नगरपालिका वडा नं ३ को नवनिर्मित वडा कार्यालय उद्घाटन

पनौती नगरपालिका वडा नं ३ को नवनिर्मित वडा कार्यालय उद्घाटन

पनौती । पनौती नगरपालिका वडा नं ३ को नवनिर्मितको उद्घाटन गरिएको छ । मंगलबार पनौती नगरपालिका वडा नं ३ को कार्यलय नयाँ भवन सहितको कार्यालय पनौती नगरपालिकाका मेयर भीम न्यौपानेले उद्द्घाटन गरेका हुन । कार्यालयको उद्घाटनसंगै मिति २०७८ फागुन ३ गतेबाट वडा नं ३ का सम्पुर्ण सेवा नवनिर्मित भवनबाट सुरु गरिएको पनौती नगरपालिका वडा नं ३ का वडा अध्यक्ष किशोर थापाले जानकारी दिए । उनले जनताको घरदैलोमा आफू निर्वाचित भएर आएपछि बाटो घाटो निर्माण गरिएको बताए ।

उनले सहज रुपमा भक्तपुर, ललितपुरमा पुग्न सकिने वाटाहरुको व्यवस्थापन गरिएको जानकारी दिए । अध्यक्ष थापाले नगरपालिकाले दिएको बजेटको सही सदुपयोग गरीएको दाबी गरे । पनौती नगरपालिकाका नगर प्रमुख भिम न्यौपाने, उपप्रमुख गिता बन्जाराले संयुक्त रुपमा रिबन काटेर कार्यालयको उद्घाटन गरिएको थियो ।

उद्घाटन कार्यक्रममा पनौती नगरपालिका वडा नं१ का वडा अध्यक्ष गुणनाथ सापकोटा,वडा नं २ का अध्यक्ष पुरुषोक्तम अधिकारी, बरिष्ठ प्रशासकिय अधिकृत इन्द्र प्रसाद अधिकारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, शाखा प्रमुखहरु,वडा सदस्यहरु,बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।

पनौती नगरपालिका वडा नं ३ का वडा अध्यक्ष किशोर थापासंग गरिएको कुराकानी ………..

 

 


Thali Mobile Pvt.Ltd.