भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

पशुपति धर्मशालामा सञ्चालित आनन्द होटलको सम्झौता रद्द

पशुपति धर्मशालामा सञ्चालित आनन्द होटलको सम्झौता रद्द

काठमाण्डौ । नेपाल–भारत मैत्री पशुपति धर्मशालामा सञ्चालित बतास समूहको होटल आनन्द प्रालीसँग गरिएको करार सम्झौता रद्द गरेको छ ।

कोष र होटेल आनन्द प्रालीकाबीच धर्मशाला होटल सञ्चालनका विषयमा भएको सम्झौताअनुसारका सर्त होटेल आनन्दले पालना नगरेको भन्दै सम्झौता रद्द गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

तिलगङ्गामा रहेको नेपाल–भारतमैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द हटाउन पशुपति क्षेत्र विकास कोषले पठाएको पत्र बुझ्न बतास समूहले अस्वीकार गरेपछि कोषले सार्वजनिक सूचना निकालेर सम्झौता रद्द गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषमार्फत धर्मशाला खाली गरिदिन बिहीबार नै पत्राचार गरेको थियो । तर, बतास समूहले अस्वीकार गरेपछि कोष सञ्चालक परिषद्ले सूचना नै निकालेको हो ।

होटल आनन्द प्रालिका सञ्चालक आनन्द बतास र प्रालिका प्रतिनिधि ओस्कर बतासका नाममा सार्वजनिक सूचना निकालिएको छ ।

विकास कोष र होटल आनन्द प्रा.लि.बीचमा धर्मशाला भाडामा सञ्चालन गर्ने बारे भएको सम्झौताका सर्तहरू पालना नगरेकोले रद्द गरिएको सूचनामा उल्लेख छ ।

 


Thali Mobile Pvt.Ltd.