भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

विद्युतीय कार प्रयोग गर्नेको सङ्ख्या चार सय प्रतिशतले वृद्धि

विद्युतीय कार प्रयोग गर्नेको सङ्ख्या चार सय प्रतिशतले वृद्धि

काठमाडौं । सन् २०२१ मा विद्युतीय कार प्रयोग गर्नेको सङ्ख्या इजरायलमा चार सय प्रतिशतले वृद्धि भएको जनाइएको छ । सन् २०२० मा इजरायलमा दुई हजार सात सय ८३ वटा विद्युतीय कार रहेकामा सन् २०२१ को अन्त्यमा विद्युतीय कारको सङ्ख्या १३ हजार नौ सय ३९ पुगेको इजरायलको केन्द्रीय तथ्याङ्क ब्युरोले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

बढ्दो पेट्रोलियम मूल्य र जलवायु परिवर्तनको असरबारे सचेतना अभिवृद्धिका कारण इजरायलमा नयाँ विद्युतीय सवारी किन्ने तथा आफूसँग भएका सवारी साधनलाई अपग्रेड गरेर विद्युतीय बनाउने क्रम बढेकोउल्लेख गरिएको छ । सन् २०२० मा ट्रक, बस र मोटरसाइकलसहित कुल चार हजार चार सय ९१ वटा विद्युतीय सवारी साधन रहेकोमा सन् २०२१ को अन्त्यमा १६ हजार दुई सय ५१ पुगेको प्रतिवेदनले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.