भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

पाँच दिनदेखि युवती बेपत्ता

पाँच दिनदेखि युवती बेपत्ता

ललितपुर । ललितपुरको धोबीघाटबाट हराएकी युवती खोज्न ललितपुरमा दर्जनौं प्रहरी परिचालन भएका छन् । ६ गते बेलुकी ७ बजे ललितपुरको बल्खुबाट चोभारको वागमती नदीबाट हराएकी ३० वर्षीया जेरुसा राईको अत्तोपत्तो छैन ।

जिल्ला प्रहरी परिसर ललितपुरको सहयोगमा खोजी जारी राखेको छ । डिप्रेसनको औषधि सेवन गरिरहेकी जेरुसाले आमा चम्पा घिमिरे र आफैंलाई सम्बोधन गरी सुसाइट नोट लेखेर घर छाडेकी थिइन् ।

जेरुसाले सुसाइट नोटमा लेखेकी छन्– ‘आमा तपाईंको कुनै गल्ती छैन, आफ्नो टेक केयर आफैंले गर्नुहोला । मेरो जीवन राम्रो छ तर अहिलेको समय मलाई जानु छ । मलाई माफ गरिदिनुहोला लभ जेरुसा, वागमती खोला, पिन नम्बर ५५२० ।’

६ गते रातभर चोभारको वागमती वरपर खोजे पनि फेला नपरेकी जेरुसाका आमा चम्पाले ७ गते जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी दिएकी थिइन् ।

 


Thali Mobile Pvt.Ltd.