भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बैतडीमा कांग्रेस एक्लै चुनाव लडने्

बैतडीमा कांग्रेस एक्लै चुनाव लडने्

काठमाडौं । नेपाली कांग्रेस बैतडीले प्रतिनिधिसभाको टिकट कांग्रेसलाई दिनुपर्ने अडान लिएको छ।

काठमाडौँमा बसेको जिल्ला कार्यसमिति बैठकले प्रतिनिधिसभाको टिकट कांग्रेसलाई नै दिनुपर्ने निष्कर्ष निकालेको हो ।

जनमतका आधारमा संघीय सांसदको लागि गठबन्धन दलहरूका तर्फबाट कांग्रेसले टिकट पाउनु पर्ने र अन्यथा मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय भएको कांग्रेसका जिल्ला सचिव देवराज जोशीले बताए।

संघमा कांग्रेसलाई टिकट दिनुपर्ने निर्णयका बारेमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति र गठबन्धन कार्यदलमा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सदस्यहरुलाई जानकारी गराइएको सचिव जोशीले बताए।

यस्तै प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक सूचीमा बैतडीबाट प्रतिनिधित्व हुनुपर्ने माग गरिएको छ।

गठबन्धन दलहरुबीच कसले टिकट पाउने भन्ने निर्णय नभइ सकेको अवस्थामा बैतडीमा कांग्रेसको यस्तो निर्णय बाहिर आएको हो।

 


Thali Mobile Pvt.Ltd.