भर्खरै : Sorry, your browser does not support inline SVG.
पाकिस्तानमा विद्यालयको छाना खस्दा ३४ जनाको मृत्यु, १९ जना घाइते | मलेसिया जाने कामदारसँग बढी रकम असुलेको आरोपमा महासङ्घका अध्यक्षसहित ४ जना पक्राउ | ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पछाडि धकेलियो : केपी शर्मा ओली | दसैँको रमझमबीच भक्तपुरका किसानलाई धान भित्र्याउने हतारो | भक्तपुरका सातवटै खोप केन्द्रको अवस्था समेटिएको पुस्तिका प्रकाशन गर्न नगर प्रमुख प्रजापतिको सुझाव | सरदर समयभन्दा १२ दिन ढिलो नेपालबाट बाहिरियो यस वर्षको मनसुन | बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु, मृतक परिवारलाई राहत घोषणा | प्रसारण लाइन मर्मतपछि मुस्ताङ र अन्नपूर्णमा विद्युत् आपूर्ति नियमित |

पाथीभरामा एकैदिन पुगे सात हजार दर्शनार्थी

पाथीभरामा एकैदिन पुगे सात हजार दर्शनार्थी

ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा शनिबार एकैदिन सात हजारभन्दा बढी दर्शनार्थी पुगेका छन्। दसैँ, तिहारपछि शनिबार एकैदिन यति ठूलो सङ्ख्यामा भक्तजनको उपस्थिति पहिलोपटक देखिएको हो।पाथीभरा क्षेत्र विकास समितिका अनुसार आज सात हजार १४६ जना दर्शनार्थी पाथीभरामा पुगेका छन्। समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार दसै, तिहारपछि पहिलोपटक सात हजार बढी भक्तजन यहाँ पुगेको यो पहिलोपछक हो।

तीन हजार ७९४ मिटरको उचाइमा अवस्थित पाथीभरामा चिसो मौसममा बर्सेनि भक्तजनको आगमन घट्ने गरेको निर्देशक हाङबाङले बताए। यो वर्ष चिसोसँगै केबलकार निर्माणका क्रममा देखिएको विवाद, बन्दलगायत कारणले अघिल्लो वर्षको तुलनामा भक्तजनको आगमन केही घटेको छ।हाल पाथीभरा आउनजान केबलकार निर्माणको विषयले कुनै असर नगर्ने बताउँदै उनले उक्त विषयलाई लिएर अन्योलमा नपर्न हाङबाङले भक्तजन तथा पर्यटकलाई आग्रह गरे।यसैबीच, पाथीभरा क्षेत्रमा सिजनमा भक्तजनको घुइँचो बढी हुने भएकाले कुनै समस्या भएमा मन्दिर क्षेत्र विकास समिति वा पाथीभरा क्षेत्रमा रहेका सुरक्षा निकायसँग सम्पर्क र समन्वय गर्न समितिले सबैलाई अनुरोध गरेको छ। रासस

 


Thali Mobile Pvt.Ltd.