भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

पार्टीले दिएको जिम्मेवारी पुरा गर्न हरदम तयार छुः किरण न्यौपाने

पार्टीले दिएको जिम्मेवारी पुरा गर्न हरदम तयार छुः किरण न्यौपाने

महाधिवेशनमा होमिएको पार्टी नेपाली काँग्रेसलाई वडातहसम्म कार्यकर्ताको घरदैलोमा पु–याउन निरन्तर लागिरहेका भक्तपुर काँग्रेसका सहसचिव किरण न्यौपानेसँग विविध विषयमा कुरा कानी गरेका छौं । चाँगुनारायण नगरपालिका वडा नम्वर ३ मा २०३१ सालमा जन्मनु भएका नेता न्यौपानेको राजनैतिक करियर नेविसंघबाट भएको हो । पेशाले अधिवक्ता न्यौपाने पद भन्दा पनि पार्टीले दिएको काम गर्न र जिम्मेवारीमा रहन तयार छु भन्नु हुन्छ । काँग्रेसको आसन्न १४ औं महाधिवेशनको सेरोफेरोमा रहेर गरिएको कुराकानी प्रस्तुत छ ।

आराम हुनुहुन्छ ?
–आराम छु ।

के मा बेस्त हुनुहुन्छ ?
–नेपाली काँग्रेसलाई जनताको मनमुटुमा बस्ने पार्टी बनाउन अभियानमा छौं । अहिले हामी १४ औं महाधिवेशनको तयारीमा छौं । यसैमा व्यस्त छौं ।

१४ औं महाधिबेशनका लागि भक्तपुर पार्टी कसरी अगाडि बढ्छ ?
–भक्तपुरमा हामी पूूर्ण रूपमा तयारीमा छौं । बिधान, नियमावली बमोजिम तोकिएको समयावधिमा भक्तपुर जिल्लाका ३८ वटै वडा समिति, ४ वटै नगर समिति, ४ वटै प्रदेश समिति, २ वटै क्षेत्रिय समितिबाट सिफारिस अनुसार कार्य भइरहेको छ । अन्य ठाउँको जस्तो भक्तपुरमा कुनै बिबाद देखिएको छैन यसलाई काँग्रेस भक्तपुरको गौरवका रुपमा लिएका छौं ।

हेर्नुहोस पुरा अंश भिडियो…

 


Thali Mobile Pvt.Ltd.