काठमाडौं । सर्वोच्च अदालतबाट पुनर्स्थापित प्रतिनिधिसभा ९संसद० जोगाउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । संसदको पहिलो बैठकमै आइतबार विश्वासको मत लिएका देउवाको पक्षमा १६५ मत परेको छ ।
नेपाली कांग्रेसका सभापति समेत रहेका देउवालाई आफ्नै दल कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले मत दिएका हुन् । एमालेका पनि २२ सांसदले उनलाई मत दिएर संसद जोगाएका हुन् ।
२९ असारमा प्रधानमन्त्रीमा नियुक्त भएका देउवाको पक्षमा उभिएका एमाले एमाले सांसद भीम रावलले अन्तिममा आएर राजीनामा दिएपछि खैलावैला मच्चिएको थियो । मतदानमा २४९ जना सांसद सहभागी भएका थिए भने विपक्षमा ८३ मत खसेको थियो । नेपाल मजदुर किसान पार्टी र राप्रपा तटस्थ बसेका थिए ।

