भर्खरै : Sorry, your browser does not support inline SVG.

पुरात्वात्तिक मुर्तिहरु महानगरीय प्रहरी परिसर भक्तपुरले पुरातत्व विभागलाई बुझायाे (भिडियाे सहित)

पुरात्वात्तिक मुर्तिहरु महानगरीय प्रहरी परिसर भक्तपुरले पुरातत्व विभागलाई बुझायाे (भिडियाे सहित)

भक्तपुर । विभिन्न स्थानबाट फेला परेका पुरात्वात्तिक मुर्तिहरु महानगरीय प्रहरी परिसर भक्तपुरले पुरातत्व विभाग काठमाडौंलाई बुझाएको छ ।

चोरी भएका, हराएका र भेटिएका गरी २४ वटा मुर्ति विभागका अधिकृत सविता न्यौपानेलाई संरक्षणको लागि जिम्मा लगाएको हो । २०५४ साल देखि हालसम्म परिसरमा सुरक्षित राखिएका उक्त मुर्तिहरूमा विष्णुकाे काठमाे मुर्ति, गणेशकाे काठकाे मुर्ति, विष्णुकाे माटाेकाे मुर्ति,बुद्धकाे मुर्ति,

सरस्वतीकाे मुर्ति, सिंहकाे मुर्ति, भैरवकाे टुडाल, नारायणकाे मुर्ति, देविकाे मुर्ति, राम सीताकाे मुर्ति, हनुमानकाे मुर्ति, शिवलिंगलगायत नाम नखुलेका मुर्ति समेत रहेका छन् ।

. काठको मुर्ति थान – ४
. ढुंगाको मुर्ति थान – १२
. माटोको मुर्ति थान – १
. ढलोटको मुर्ति थान – ४
. फलामको मुर्ति थान – १
. क्रिष्‍टलको मुर्ति थान – १
. चाँदीको थाल थान – १

हेर्नुहाेस भिडियाे…

 


Thali Mobile Pvt.Ltd.