सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुर्खेत निर्बाचन क्षेत्र नम्बर २ को अध्यक्षमा गोविन्द तिमिल्सेना चयन भएका छन् । नेकपा सुर्खेतको सचिवालय बैठकले तिमिल्सेनालाई अध्यक्ष बनाउने निर्णय गरेको हो ।
सचिवालय बैठकले प्रतिनिधि सभाका २ निर्बाचन क्षेत्र, ४ प्रदेश र ९ स्थानीय तहको अध्यक्ष र सचिवको टुंगो लगाएको छ । तिमिल्सेना अध्यक्ष र सचिवमा इन्द्र केसी चयन भएका हुन् ।
तिमिल्सेना पूर्व माओवादी जनसेनाका व्रिगेड कमाण्ड र केसी पूर्व एमालेका जिल्ला स्तरीय नेता हुन् । प्रतिनिधि सभा क्षेत्र नम्बर १ को अध्यक्षमा बखत खत्री र सचिवमा गणेश विक चयन भएका छन् । सुर्खेतमा २ निर्बाचन क्षेत्र मध्ये पूर्व एमाले र माओवादीले एक एक क्षेत्र बाँडेका हुन् ।