पूथा उत्तरगंगाको ओडारमा भेटियो राईफल

पूथा उत्तरगंगाको ओडारमा भेटियो राईफल

रुकुम । पूथा उत्तरगंगा गाउँपालिकामा ओडारमा लुकाएर राखेको राईफल र म्याग्जिन फेला फरेको छ ।

देवीबक्स गुल्मबाट खटिएको सुरक्षा फौज र आरक्ष कार्यालय कर्मचारीको संयुक्त टोलीले हतियार फेला पारेको नेपाली सेनाले जनाएको छ ।

बाग्लुङ र पूर्वी रुकुमको सिमानामा पर्ने घुस्तुङ्ग खोला झोलुङ्गे पुलमुनि ओडारमा बोरामा बेरेर लुकाइएको अवस्थामा हतियार भेटिएको हो ।

गस्ती टोलीले भेटेको  ७.६२ मिमि एसएलआर राईफल, त्यसमा लाग्ने म्याग्जिन र ३०३ राईफलको अगाडिको भाग आरक्ष कार्यालयमा बुझाएको सेनाले बताएको छ । हतियार द्वन्द्वका वेला लुकाएर राखेको हुन सक्ने बताइएको छ।

 


Thali Mobile Pvt.Ltd.