धामीझाँक्रीको कुटपिटबाट महिलाको मृत्यु

धामीझाँक्रीको कुटपिटबाट महिलाको मृत्यु

कैलाली । धामीझाँक्रीको कुटपिटबाट एक महिलाको मृत्यु भएको स्थानीयले आरोप लगाएका छन् । झारफुकपछि कञ्चनपुर बेदकोट नगरपालिका–७ मुसेपानीकी ४३ वर्षीया रञ्जुला साउदको मृत्यु भएको हो ।

भीमदत्त नगरपालिका–७ हल्दुखाल बस्ने धर्मानन्द भट्ट र भीमदत्त–१ बाराकुण्डा बस्ने नारायणदत्त भट्टको कुटाइबाट ती महिलाको मृत्यु भएको स्थानीयले बताएका छन् ।

शुक्रबार साँझ जेठानी कमला साउदको घरमा धामीझाँक्री आएपछि रञ्जुला झारफुकका लागि पुगेकी थिइन् । महिलामाथि कुटपिट गरेको उजुरीका आधारमा कञ्चनपुर प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ ।

अनुसन्धानका लागि ७ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताए ।

ती महिला केही दिन अघिदेखि बिरामी भएको र झारफुक गर्न धामीझाँक्री कहाँ गएकी बुझिएको छ । शव परीक्षणपछि मात्रै बाँकी कुरा भन्न मिल्ने प्रहरी नायव उपरीक्षक शाहको भनाइ छ । महिलाको शव महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।

 


Thali Mobile Pvt.Ltd.