भर्खरै : Sorry, your browser does not support inline SVG.

पूर्खाको योगदानको कदर गर्दै शेरा पञ्चेबाजा संरक्षणमा छेपाडीका स्थानीय

पूर्खाको योगदानको कदर गर्दै शेरा पञ्चेबाजा संरक्षणमा छेपाडीका स्थानीय

सृजना मानव समाजको सबैभन्दा उत्तम क्षमता हो । दैलेख जिल्लाको आठबीस नगरपालिका वडा नंं. ९ को छेपाडी गाउँको (साविक सिंहासैन गाविस वडा.४) मेहलगाउँ टोलमा बसोबास गर्ने स्थानीय किसानहरुले आफ्नो पूर्खाको देनको स्मरण स्वरुप शेरा पञ्चेबाजा संरक्षण समितिको गठन गरी स्थानीय कला र सँस्कृतिको सँरक्षणमा जोड दिएका छन् । पुर्खाले सिर्जेका कला सस्कृतिलाई जोगाउनु पर्छ भन्दै स्थानीय यतिबेला संरक्षणमा जुटेका हुन ।

कला र सँस्कृति समाजका अभिन्न अँगहरु हुन । यसको सँरक्षणमा स्थानीय समूदायको भूमिका महत्वपूर्ण हुन्छ । यही तथ्यलाई मध्यनजर गरी आठबीस नगरपालिका वडा नं.९ का बासिन्दाहरु गत १३ बैशाख २०७७ देखि संरक्षणको थालनी गरेमा लागेका छन् । सँस्कृतिको संरक्षण गर्ने र नव प्रतिभाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले यसको थालनी गरिएको उक्त कार्य पुरातन चिन्तनमा अभ्यस्त समाजका लागि सिर्जनशील र चूनौतिपूर्ण कार्य हो । स्थानीय स्तरमा कला संस्कृतिको संरक्षणमा स्थानीय सरकार लाग्नु पर्ने हो तर त्यस्तो हुन सकेको छैन ।

हुनत नगरपालिकाले कला र सँस्कृतिको संरक्षणका लागि विभिन्न समयमा आवश्यक रकम खर्चेको विवरण अभिलेखमा देखाएपनि वास्तवमा त्यस्तो भएको पाउन सकिदैन । तथापि, सँरक्षणका नाउँमा अभिलेखको उपलब्धता भएता पनि वास्तवमा के कति सामाजिक सम्पतिको व्यवस्थापन भएको छ ? भन्ने कुरा भौतिक रुपमा पाउन निकै कठीन छ । समाजका चलाख र चलताफूर्ता व्यक्तिहरुले उपयोग गर्ने भनेकै पिछडिएको समुदाय र प्रशंसामा फूलिनेहरुलाई नै हो । किनकी त्यस्ता व्यक्तिहरुका लागि कसैको चाप्लुसीले उत्प्रेरणाको भूमिका खेल्दछ ।

सत्ताको महत्वपूर्ण जिम्मेवारीमा रहेकाहरुका लागि आत्म प्रशंसा तथा अतिरञ्जित कथाको बनावटी आवरणले अल्हादित बनाएको हुन्छ । नगरपालिकाले कला र सँस्कृति संरक्षणका लागि रकमको वितरण गरेको छ तर खासमा रकमको उचित सदुपयोग हुन सकेको देखिएन । कला र सँस्कृति भनेका मन्दिरहरुको निर्माण मात्र होईन, आम नागरिकहरुको जीवनमा भोगेका विभिन्न स्मरणहरुको स्पष्ट संश्लेषण पनि हो भन्ने तथ्यलाई बुझनु आवश्यक हुन्छ । त्यसैले यहाँका स्थानीय सरकारको मुख नताकेर आफै जुटेका छन् ।

स्थानीय तहका प्रत्येक महत्वपूर्ण बैठकहरुमा यहाँका सचेत नागरिकहरुले कला, साहित्य तथा सँस्कृतिको सँरक्षणका लागि आवाज नउठाएका पनि होइनन् । तर आफूलाई महान ठान्ने जनप्रतिनिधिले कुनै चाँसो समेत देखाएनन् । उनीहरुले वेवास्ता गरेर के भो ? आफै यस टोलका स्थानीयले प्रत्येक घरबाट आवश्यक रकम संकलन गरेर पञ्चेबाजा तथा पोशाक तयार गरेर कलाको संरक्षण गरेका छन । सामाजिक परमपरा अनुसार समाजका शुभ कार्यहरुमा परिचालन हुने गरी संरक्षण समितिले उक्त तयारी गरेको स्थानीयले बताएका छन् ।

यसबाट बहानाबाजी गर्दै सामाजिक आर्थिक सम्पदाको दुरुपयोग गर्नेहरुका लागि आत्मश्लाघाको अवस्था समेत सृजना भएको छ । कला र सँस्कृति सँरक्षणको नाउँमा नितान्त वैयक्तिक हितको रक्षागर्नेहरुका लागि स्थानीयबासीको यस कार्यले नैतिक चुनौति भने थपिदिएको छ । हाल मध्य पश्चिमाञ्चल विश्वविद्यालयमा स्नातकोत्तर तहमा अध्ययनरत एक विद्यार्थीले भने, ‘‘पूर्खाले सिर्जेको कला र सँस्कृति हाम्रो साझा पहिचान तथा सम्पदा हुन । पूर्खाको देनलाई विर्सनु भनेकै आफ्नो पहिचान गुमाउनु हो ।” नागरिकहरुमा आलोचनात्मक चेतको विकास हुन सकेमा मात्र सामाजिक, साँस्कृतिक तथा आर्थिक सम्पदाको उचित उपयोग तथा विकास हुन सक्छ ।

त्यस्तै स्थानीय समाजसेवीहरु भन्छन्, ‘‘कला र सँस्कृति समाजका साझा सम्पतिहरु हुन । यसको संरक्षणका लागि सबै नागरिकहरु सजग बनेर जुर्मुरिनु आवश्यक छ । हाम्रो देशमा राज्यले जनताको हितमा काम गर्ला र व्यक्तित्व विकासमा उचित अवसर प्रदान गर्ला भन्ने कुरा सोच्नु व्यर्थ छ किनकी पहुँच हुनेका लागि यहाँ सबै छ र पहुँच नहुनेहरुका लागि नेपाली राजनीति बुझिनसक्नुको छ ।?” कला र सँस्कृतिले समाजको वास्तविक तस्वीर छर्लङ्ग पार्ने कार्यमा महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । त्यसैले राज्यको महत्वपूर्ण जिम्मेवारिमा रहने व्यक्तिहरुल जनताको चाहना तथा अभिमतलाई बुझेर सुजबुझपूर्ण रुपले कार्य सम्पादन गर्नु आवश्यक हुन्छ ।

विशेषगरी कर्णालीमा हुने विवाहबर्तबन्ध तथा विभिन्न शुभ अशुभ सभासमारोहमा बजाइने पञ्चेबाजासँगै हुड्केनाच पछिल्लो समय हराउँदै गएको थियो । हराउदै गएको संस्कृतिको संरक्षणमा स्थानीय जुटेपछि अहिले विवाहबर्तबन्ध तथा विभिन्न सभासमारोहमा पञ्चेबाजाको माग संगसँगै हुड्केनाचको माग हुन थालेको छ । लोप हुनथालेको सस्कृतिलाई युवाहरुले नै जगेर्ना गर्ने हो भन्छन् स्थानीय भक्त, रबी विक । बजारमा सजिलै उपलब्ध आधुनिक गित संगित र बाजाको आगमनसँगै पराम्परागत रूपमा बजाइने मौलिक लोक संस्कार र संस्कृती हराउन थालेपछि अव नयाँ पुस्ताले कला, सस्कृतिको संरक्षमा जुट्नु पर्छ भन्छन् समाजसेवि बजिरसिह विक । राम्रा सस्कार सस्कृति अगाल्ने र पुराना रुढीवादी सस्कृतिलाई तिलान्जली दिदै जानुपर्ने उनको तर्क छ ।

कर्णालीको मौलिकता झल्काउने पञ्चेबाचा बजाउने सीप पछिल्लो पुस्तालाई हस्तान्त्रण नहुनु र नँया पिँढीले समेत सिक्न नचाहाँनुले हुड्केनाच र पञ्चेबाजा बजाउने शीप हराउँदै गएको केसे नेपाली बताउँछन् । विभिन्न शुभ कार्यमा प्रयोग हुने हुड्केनाच र पञ्चेबाजाको सट्टा आधुनिक तथा पश्चिमेली गित संगितले मिच्न थालेपति यस्ता कला सस्कृति नयाँ पुस्ताले विर्सदै गएको छ । पञ्चेबाजामा पर्ने नरसिङ्गा, दमाहा, सनही लगायतका बाजाको प्रयोगले हुड्के नाचको शोभा फरकै हुन्छ । तर यतिबेला गाउँघरमा यस्ता बाजा नै पाउन कठिन भएको बेला छेपाडीले गाउँमा नयाँ शिक्षा दिएको छ ।

विगतमा विभिन्न बाजाको निर्माण स्थानीय स्तरमा हुने गरेको भए पनि यतिबेला त्यस्ता खालका बाजा बनाउने सीप तथा हुड्के गाउने कला भएका मानिस भेटाउन मुस्किलै पर्छ । पछिल्लो समय हुड्केनाच र पञ्चेबाजा संकटमा पर्न थालेपछि यसको संरक्षण र प्रर्वद्धनमा स्थानीय जुट्न थालेपछि स्थानीय सरकारको आँखा खुल्न थाल्ने छ भन्छन् यहाँका स्थानीय । परम्परागत संस्कृतिको संरक्षण र प्रवद्र्धनमा जोड दिएका छौं यसमा आठबीसको स्थानीय सरकारले हेर्छकी भन्ने आश पनि गरेका छौं, नगरेपनि केहि भन्नु छैन भन्छन् भोटे विक ।

रीतिरिवाज, चालचलन र संस्कृतिको उत्थानका लागि स्थानीय सरकार नै संरक्षणमा जुट्नु पर्ने स्थानीयको भनाई छ । पछिल्लो समय गाउँघरका बुढापाका, पर्यटकहरु हुड्के नाच र पञ्चेबाजा, ढालनाच, मांगल, चुटकिला, धमारी, छैटी, छैट जस्ता क्षेत्रिय पहिचान बोकेका कर्णालीका मौलिक कला–संस्कृतिको संरक्षण नहुँदा अस्तित्व घट्दै गएको प्रति चिन्तित बनेका छन् । यस्ता कला–संस्कृति जगेर्ना गर्न स्थानीय सरकार गम्भिर रुपमा लागेमा यस आन्तरीक तथा बाह्रय पर्यटक समते बढाउन सकिने युवा लाल बहादुर सिजापतिको भनाई छ ।

तस्वीरमा हेर्नुहाेस्…panchebaja chhepadi

के छ, महत्व ?
हुड्के नाच कर्णालीमा मात्रै नाचिने संस्कृित हो । यो नाच कर्णालीमा मात्रै होई पछिल्लो समय धेरै देशमा निकै रुचाइएको छ । अझ विवाह, छोरो जन्मिँदा, विशेष खुसीको अवसर हुँदा हुड्के नाच नै रमाइलो मानिन्छ । त्यसैले पनि हुड्के नाच र पञ्चेबाजाको आफ्नै महत्व छ । परम्परा, संस्कृतिसँगै कर्णालीको हुड्के नाच राम्रो आम्दानीको एक स्रोत पनि हो ।

यो नाच्न जान्ने निमन्त्रणा आँउदा सिधै ज्याला निर्धारण गरे जान्छन् । कम्तीमा पनि एक दिनमा खाना खाएर १ हजार ज्याला लिन्छन् । हो अब कला सस्कृतिको राम्रो संरक्षण र संवर्दनन गर्ने हो भने आठबीस सरकारलाई पहिचानको अवसर हुनेछ । कर्णालीको पर्यटनसंग यहाँको कला सस्कृतिलाई जोड्ने हो भने आम्दानी पनि बढ्ने छ । त्यसैले बेलैमा यहाँ कला सस्कृतिको संरक्षणमा लाग्नु सबैको साझा हित हुनेछ । बेलैमा साेच्ने कि ?

भिडियाे हेर्नका लागि यहाँ थिच्नुहाेस्…

https://www.facebook.com/Kailashkhabarnews/videos/335991564184918/

डा.कृपाराम विश्वकर्मा मेहलगाउँ छेपाडी

 


Thali Mobile Pvt.Ltd.