काठमाडौं । उच्च अदालत पाटनले सन्दिपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको छ । आदेशसंगै बलात्कार अभियोग लागेका पूर्वक्रिकेटर सन्दीप लामिछाने आज थुनामुक्त हुँदैछन् । पुर्पक्षका लागि थुनामा राख्नुपर्ने जिल्ला अदालत काठमाडौंको आदेश न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले बदर गरेको हो ।
शुक्रबार थुनामुक्त हुने र अदालत खुलेसँगै धरौटी रकम बुझाउने प्रक्रिया अघि बढाइने लामिछानेका कानुन व्यवसायी मुरारी सापकोटाकाले बताए । धरौटीको हकमा नगद वा सोबराबरको बैंक जमानत राख्न अदालतले भनेको छ । उक्त रकम बुझाए सर्तहरूको अधिनमा रही लामिछानेलाई तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न सक्नेछन् ।
बकपत्र सम्पन्न भइसकेको र कतिपय प्रमाणसमेत बुझिसकेको आदेशमा उल्लेख छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासले गत कात्तिक १८ गते लामिछानेलाई थुनामा राख्न आदेश दिएको थियो ।
केन्द्रीय कारागार सुन्धारामा रहेका लामिछानेले जिल्लाको आदेशविरुद्ध गत मंसिर २९ गते उच्च अदालतमा निवेदन दिएका थिए । मुद्दाको फैसला नभएसम्म लामिछानेलाई नेपालबाहिर जान रोक लगाएको छ । उनको नाउँमा जारी भएको राहदानी रोक्का गर्न पनि भनिएको छ ।
यस आदेशको कार्यान्वयन गर्न यथाशीघ्र गृह र परराष्ट्र मन्त्रालयमा लेखी पठाउन अदालतले आदेश दिएको छ । पीडित र उनको परिवारका सदस्यको सम्बन्धमा वा प्रस्तुत विचाराधीन मुद्दाको विषयमा कुनै सामग्री प्रकाशन गर्न वा विद्युतीय वा सार्वजनिक सञ्चारमाध्यम वा सामाजिक सञ्जालमा कुनै टीकाटिप्पणी वा धारणा व्यक्त गर्न पनि रोक लगाइएको छ।
आफू वा आफू सम्बद्ध सस्था वा व्यक्तिहरूबाट जाहेरीकर्ता, पीडित वा उनको परिवारसँग भौतिक वा अन्य कुनै प्रकारले सम्पर्क वा भेटघाट गर्ने वा माध्यमबाट कुनै पनि किसिमको डर, त्रास, धम्की वा दबाब दिने, प्रभाव पार्ने वा दुरुत्साहन दिने वा सोसम्बन्धी कुनै कार्य नगर्नु, नगराउन पनि लामिछानेलाई निषेधात्मक आदेश दिइएको छ।
पुस ७ गते न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र किरणकुमार पोखरेलको संयुक्त इजलासमा पेसी चढेको थियो । पुस १४ गते पेसी चढ्यो उक्त दिन न्यायाधीशद्वय सुभास पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको थियो ।
पीडित किशोरीले आफन्तको सहयोगमा गत भदौ २१ गते गौशाला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले लामिछानेलाई पक्राउ गरी हिरासतमा लिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । भिजिट भिसामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पुगेकी किशोरी बेचबिखनमा परेकी छिन् । १९ वर्षीया ती युवतीलाई पाँच लाख रुपियाँमा बिक्री गरेको पाइएको छ । मानव बेचबिखनमा संलग्न...
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम सुनसहित क्यानडीनय नागरिक मोहम्मद कमाल माहगौब पक्राउ परेका छन् । त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले गएराति दुबईबाट काठमाडौं ओर्लिएका माहगौबलाई...
पोखरा हवाई दुर्घटनामा मृत्यु भएकाहरूमध्ये छ जनाको शव पहिचान गर्न ‘डिएनए’ परीक्षण सुरु गरिएको छ । दुर्घटनामा परी शव अत्याधिक जलेका कारण डिएनएबाट मात्र शव पहिचान हुने भएकाले परीक्षण...
काठमाडौं । पोखराको सेती खोँचमा दुर्घटना भएको विमानमा ७२ जना सवार रहेको खुलेको छ । यात्रु तथा चालक दलका सदस्यको सूची मध्ये ११ जना विदेशी नागरिक रहेका छन् ।...