भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवा जाने वैकल्पिक सडक स्तरोन्नतिमा मुख्यमन्त्री थापा आफैँ मैदानमा | भोटेकोशी बाढीको कहर : मृतक संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन | चितवनमा पहिचान नखुलेका १०३ शव व्यवस्थापन, डीएनएबाट पहिचान खुले झिक्न सकिने | रसुवा–नुवाकोटका २६ स्थानमा राहत केन्द्र, ३ हजारभन्दा बढी प्रभावितलाई आश्रय | जेलबाट मादुरोको सन्देश : ‘हामी दृढ छौँ, भेनेजुएला पुनः उठ्नेछ’ | युद्ध र आर्थिक संकटको दोहोरो मारमा इरान, जनजीवन दिनप्रतिदिन कष्टकर | कृष्णभीरमा सडक अवरुद्ध भए पनि काठमाडौंमा अत्यावश्यक वस्तुको अभाव नहुने | जलविद्युत आयोजनाका सुरुङमा फसेकाको उद्धार जारी, पाँच सयभन्दा बढी सुरुङभित्र रहेको अनुमान |

पेट्रोलियम पदार्थको मूल्यबृद्धिविरुद्ध नेक्राविसंघ र नेक्रायुसंघको भक्तपुरमा प्रदर्शन

पेट्रोलियम पदार्थको मूल्यबृद्धिविरुद्ध नेक्राविसंघ र नेक्रायुसंघको भक्तपुरमा प्रदर्शन

भक्तपुर । नेपाल मजदुर किसान पार्टी निकट नेपाल क्रान्तिकारी विद्यार्थी संघ र नेपाल क्रान्तिकारी युवा संघ भक्तपुर जिल्ला समितिले संयुक्त रुपमा विरोध प्रदर्शन गरेका छन् । सोमबार सरकारले गरेको पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि विरुद्ध नेपाल क्रान्तिकारी विद्यार्थी संघ र नेपाल क्रान्तिकारी युवा संघले संयुक्त विरोध प्रर्शन गरेका हुन ।

भक्तपुरको मलविनायकबाट सुरु भएको जुलुश सूर्यविनायमा गएर सभामा परिणत भएको थियो । सभामा नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका अध्यक्ष सुरेन्द्रराज गोसाइले देशमा एमाले,काँग्रेस र माओवादीहरुले जितेपछि जनताले मूल्यबृृद्धि उपहार पाउने गरेको बताए ।

उनले ३२ वर्षको इतिहासलाई पल्टाएर हेर्दा यस्तै दृश्यहरु देख्ने गरिएको जानकारी दिदै पेट्रोलिय पदार्थमा १० औं पटक मूल्यबृद्धि गरिनुको कारण के हो भन्दै प्रश्न समेत गरे । अध्यक्ष गोसाइले बारबार नेपाली जनताको ढाडसेक्ने गरि गरिएको मूल्यबृद्धि जनतालाई सैय नभएको बताउदै सरकारले नेपाली जनताको भविश्यमाथि खेवाड गरेको आरोप लगाए ।

कार्यक्रममा नेपाल क्रान्तिकारी युवा संघ भक्तपुर जिल्ला समितिका अध्यक्ष मीनबहादुर बाटाले जनताको भावनामाथि खेलबाड गर्ने शासकहरुको टाउको काटेर फुटबल खेलेको विश्व इतिहास नेपाली जनताले नविर्सेको बताउदै मूल्यविद्धि गर्ने शासकहरुको नेपाली जनताले टाउनको काटेर फुटबल खेल्ने चेतावनी दिएका थिए ।

कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी संघ भक्तपुरजिल्ला समितिका अध्यक्ष विमल सुवालले जनताको ढाडसेक्ने गरि गरिएको मूल्यबृद्धि जनता सडकमा ओर्लीएको बताए । हालै सरकारले पेट्रोल, डिजेल प्रतिलिटर दसदस रुपैयाँं र ग्यासको प्रतिशिलिण्डर दुई सय रुपैयाँं मूल्य गरेपछि आफूहरु सरकार विरुद्ध सडकमा आएको उनले बताए ।

 


Thali Mobile Pvt.Ltd.