पोखरा । नेपाल विद्युत् प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूको मुख्य अपरेशन सेन्टरमा विद्युत् विच्छेद गरेकोले पोखरामा इन्टरनेट सेवा बन्द भएको छ ।
जसका कारणले इन्टरनेट बन्द भएको सेवा प्रदायकहरूको संस्था आईस्पानले जनाएको छ ।अत्यावश्यक सेवासम्बन्धी कानुन र मानव अधिकारकै विद्युत् प्राधिकरणले उल्लङ्घन गरेको आईस्पानले आरोप लगाएको छ ।
प्राधिकरणले विद्युत् विच्छेद गरेपछि वैकल्पिक माध्यमबाट सेवा दिने कोसिस गरे पनि सम्भव नभएको आईस्पानले बताएको छ । प्राधिकरण यसको जिम्मेवार भएकाले क्षतिपूर्ति पनि उसैले दिनुपर्ने आईस्पानले जनाएको छ ।
विद्युत् प्राधिकरणले एकतर्फीरूपमा बढाएको सात सय प्रतिशतसम्मको पोल भाडा दिन नमानेकै कारण छानी–छानी इन्टरनेट सेवा प्रदायकको तार काट्ने र विद्युत् विच्छेद गर्ने काम भएको आईस्पानको भनाइ छ ।
यता विद्युत् प्राधिकरणले भने इन्टरनेट सेवा प्रदायकले प्राधिकरणको पोल प्रयोग गरेर उपभोक्तालाई चर्को मूल्यमा इन्टरनेट बेचेको, भाडा तिर्न आनाकानी गरिरहेको आरोप लगाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले समाजवादी व्यवस्था स्थापनाको लागि सशस्त्र संघर्ष एउटै मात्र उपाय भएको बताएका छन् । सोमबार भक्तपुर नगरपालिकाको तेह्रौं नगरसभाको उद्घाटन...
काठमाडौं । राष्ट्रिय सभामा उपाध्यक्षको निर्वाचन आज हुँदैछ। राष्ट्रिय सभाको बैठक आज ११ बजेर ५९ मिनेटलाई बोलाइएको छ। आजको बैठकमा राष्ट्रिय सभाको उपाध्यक्ष निर्वाचन कार्यक्रम हुने संघीय संसद सचिवालयले...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै दलका सचेतकसँग छलफल गर्दै छन् । विहान ९ः०० सबै दलका प्रमुख सचेतकलाई बोलाइएको प्रम सचिवालयले जनाएको छ। छलफल बालुवाटारमा बोलाइएको छ। छलफलमा...
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदको बैठक बस्दै छ। बैठक अपरान्ह चार बजेलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको समर्थन जारी राख्दै सरकारमा सहभागी...