भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

पोखरामा राष्ट्रिय खेलकुदमा ६ हजार बढी खेलाडी सहभागी, उद्घाटन हुदै

पोखरामा राष्ट्रिय खेलकुदमा ६ हजार बढी खेलाडी सहभागी, उद्घाटन हुदै

पोखरा । पोखरामा नवौँ राष्ट्रिय खेलकुदको आयोजना गरिएको छ । राष्ट्रिय खेलकुद सुरु भएको ३९ वर्ष पछि दोस्रो पटक यहाँ आयोजना गरिएको हो । २०४० सालमा पहिलो संस्करणको आयोजना भएको पोखरामा यस पटक नवौँ राष्ट्रिय खेलकुद आयोजना गरिएको बताइएको छ ।

२०७७ फागुन २१–२७ सम्म गण्डकी प्रदेशमा हुने घोषणा भए पनि कोरोना महामारीका कारण ३ वर्ष पछि नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनले गर्दैछन् । देशैभरका खेलाडी र प्रशिक्षक पोखरा पुगेका छन् भने उद्घाटनमा सातौँ दक्षिण एसियाली खेलकुद सागका स्वर्ण पदकधारी तथा ओलम्पियन टीकाबहादुर बोगटीले ओलम्पिक टर्च प्रज्वलन गर्नेछन् ।

प्रतियोगितामा ६ हजार १ सय ५७ खेलाडी सहभागी हुनेछन् भने ७ वटा प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित तीन विभागीय टोली र एनआरएनए गरी १९ टोलीले भाग लिनेछन् । गण्डकीका मनाङ, मुस्ताङ र लमजुङबाहेक अन्य जिल्लामा प्रतियोगिता आयोजना हुनेछ । ३६ मध्ये २६ खेल पोखरामा सञ्चालन हुने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले बताए ।

 


Thali Mobile Pvt.Ltd.