भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

भक्तपुरमा खाद्य पसल अनुगमन

भक्तपुरमा खाद्य पसल अनुगमन

भक्तपुर । भक्तपुर नगरपालिकाले अनुगमनलाई तीब्रता दिएको छ । समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा सल्लाघारीमा खाद्यान्न पसलहरू अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा बिहीबार म्याद नाघेको खुद्रा मूल्य २८ हजार रुपैयाँ बराबरको सामान नष्ट गरिएको संयोजक गोराले बताए ।

त्यस्तै २०६६ सालदेखि भक्तपुर नगरपालिकामा बिना दर्ता पसल सञ्चालन गरेको ‘फेमिली मिनी स्टोर’ लाई पसल दर्ता गर्न निर्देशन दिइएको छ ।

साथै प्याकेजिङ सामानमा खाद्य संस्थानको अनुज्ञा पत्र लिएर मात्र विक्री वितरण गर्न र तराजु नापतौल विभागमा नवीकरण गर्न भनिएको छ ।

अनुगमनमा परेका पसलहरूलाई एक हप्ताभित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दिइएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले सुनाए ।

 


Thali Mobile Pvt.Ltd.