भर्खरै : Sorry, your browser does not support inline SVG.
सांसद सिद्धिकीले कानुन समिति बैठक छाडिन्, प्रतिवेदनका विषयमा असहमति | भोटेकोशी बाढीपछि ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर, वैकल्पिक व्यवस्थापनको तयारी | सङ्घीय निजामती सेवा विधेयक संसदमा पेस गर्न सरकारको स्वीकृति | विद्यालय पुग्न विद्यार्थीको ज्यानकै बाजी : तुइनदेखि गाडीमा झुन्डिनेसम्म | महाकालीको बाढीले दोधारा–चाँदनीको झोलुङ्गे पुल भत्कियो, आवागमन बन्द | मजदुर राहतदेखि बेपत्ता विदेशी पर्यटकसम्मको तथ्याङ्क सार्वजनिक गर्न माग | ट्रम्प-सी भेटपछि अमेरिका-चीनले ३० अर्ब डलरका वस्तुमा घटाए भन्सार | पहिरोले देशभरका सडक प्रभावित, केही राजमार्गमा एकतर्फी यातायात |

पोखरा विमानस्थलमा पहिलो पटक व्यावसायिक उडान

पोखरा विमानस्थलमा पहिलो पटक व्यावसायिक उडान

पोखरा । अन्तर्राष्ट्रिय विमानस्थलमा आजबाट पहिलो पटक व्यावसायिक उडान सुरु हुँदैछ । रोयल भुटान एयरलाइन्स (ड्रुक एयर) को विमान अवतरण गर्दैछ । दोस्रो अन्तर्राष्ट्रिय उडानको रूपमा भुटानको अफिसियल एयरलाइन्स ड्रुक एयर पोखरामा अवतरण गरी भोलि भुटान, थिम्पुका लागि उडान भर्नेछ ।

पोखरामा अवतरण गर्दा चालक दलका तीनजना सदस्य मात्र हुने छन् । ड्रुक एयर पोखराबाटै अन्तर्राष्ट्रिय उडान भर्ने पहिलो विमान बन्नेछ । यसअघि पोखरामा सिचुवान एयरलाइन्सको एयरबस–३१९ पोखरामा अवतरण गरेको थियो । चीनबाट चार्टर्ड गरेर आएको सो विमान रित्तै फर्किएको थियो ।

नागरिक उड्डयन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालय प्रमुख देवचन्द्र लाल कर्णले भुटानी एयरलाइन्स ड्रुकले भने पोखराबाटै यात्रुहरू लिएर भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडान भर्नेछ । विमानस्थलले अन्तर्राष्ट्रिय उडानबाट ४२ जना यात्रु लिएर उडान भर्ने भएकाले पहिलोपटक आम्दानीसमेत गर्ने विमानस्थलले जनाएको छ । सञ्चालनमा आएको करिब ८ महिनापछि अन्तर्राष्ट्रिय उडानबाट विमानस्थलले पहिलोपटक आम्दानी गर्न लागेको हो ।

 


Thali Mobile Pvt.Ltd.