भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

रसुवागढी नाकामा कडा सुरक्षा व्यवस्था

रसुवागढी नाकामा कडा सुरक्षा व्यवस्था

रसुवा । रसुवागढी नाकामा सुरक्षा व्यवस्था कडा गरिएको छ । उत्त नाकाबाट अबैध समाग्रीको ओसार पसार बढेसँगै सीमा नाकामा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको निगरानी बढाइएको हो ।

केरुङबाट नेपाल भित्रने तथा नेपालबाट केरुङतर्फ जाने नागरिक तथा यातायातका साधनहरुमा निगरानी बढाईएको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले बताए ।

एक महिनाको अवधिमा केरुङबाट दुई पटक नेपाल भित्रिएको तीन केजी सुन सुरक्षा निकाय तथा रसुवा भन्सार कार्यालयले बरामद गरेपछि सुरक्षा व्यवस्थालाई थप कडा बनाइएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

पछिल्लो समय नेपाली कन्टेनर चीनयाँ समाग्री लिन केरुङ सम्मनै पुग्ने व्यवस्था भएसँगै नेपालीहरु पनि केरुङ जाने क्रम बढेपछि हुन सक्ने अबैध क्रियाकलाप रोक्न शसस्त्र प्रहरि,

नेपाल प्रहरी तथा रसुवा भन्सार कार्यालयको संयूक्त्त टिमले चेक जाँचसँगै नाकाको सुरक्षामा थप कडाई गरिएको हो ।

 


Thali Mobile Pvt.Ltd.