भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

पोखरीमा डुबेर तीनै आमा छाेरीकाे मृत्यु

पोखरीमा डुबेर तीनै आमा छाेरीकाे मृत्यु

मोरङ । माछा पाल्ने पोखरीमा डुबेर दुइ छोरी र आमाको मृत्यु भएको छ । ग्रामथान गाउँपालिका–४ बनसखण्डीकी ३५ वर्षीय सीता अधिकारी, उनका १३ र ९ वर्षीया छोरीहरुको मृत्यु भएको हो ।

छोरी पबित्रा र कृतिका पोखरीमा डुबेपछि उद्धार गर्न गएकी सीताको त्यसैमा डुबेर मृत्यु भएको अनुसन्धानका क्रममा खुलेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए ।आइतबार दिउँसो माछा पाल्ने पोखरीमा सीताका दुई छोरी डिलमा कपडा खोलेर पसेको देखिएको प्रहरीको दाबी छ ।

पोखरी गहिरो भएका कारण तीनैजना निस्कन सकेनन् । घर नफर्किएपछि साँझमा खोजी गर्ने क्रममा पोखरी भित्र शव भेटिएको थियो । प्रहरीका अनुसार सीता दुई छोरीसहित माइतमा बस्दै आएकी थिइन् । उनका श्रीमान नौ वर्षयता सम्पर्कविहीन छन् । जानकारी पाएलगत्तै पुगेको प्रहरीले राति करिब ८ बजे शव पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाएको थियो ।

 


Thali Mobile Pvt.Ltd.