भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

‘प्रकाश’लाई सर्वोत्कृष्ट फिल्म घोषणा नगरिएको भन्दै अदालतमा रिट दायर

‘प्रकाश’लाई सर्वोत्कृष्ट फिल्म घोषणा नगरिएको भन्दै अदालतमा रिट दायर

काठमाडौं । फिल्म ‘प्रकाशलाई राष्ट्रिय चलचित्र पुरस्कार–२०८० मा सर्वोत्कृष्ट फिल्मको घोषणा गरेर जुरीले पठाए पनि चलचित्र विकास बोर्डबाट सूची हटाइएको खबर चर्चामा थियो।

फिल्मका निर्देशक दिनेश राउत तथा लेखक विकास सुवेदीले उच्च अदालत पाटनमा चलचित्र विकास बोर्डलाई विपक्षी बनाएर रिट दायर गरेका छन्। रिटमा सक्कल प्रति झिकाउनुपर्ने र कारण देखाउन भन्दै परमादेशको माग गरिएको छ।

गत १२ भदौमा राष्ट्रपति भवनमा विभिन्न विधामा चलचित्र तथा चलचित्रकर्मीलाई पुरस्कृत गरिएको थियो। तर यसपटक सर्वश्रेष्ठ फिल्मको विधा पनि खाली थियो।

जुरीका एक सदस्यले ‘प्रकाश’लाई सर्वश्रेष्ठ फिल्म निर्णय गरेर पठाए पनि पछि बोर्डमा पुगेपछि हटाइएको खुलासा गरेका थिए।

 


Thali Mobile Pvt.Ltd.