भर्खरै : Sorry, your browser does not support inline SVG.
लगातार वर्षाको असर : तिनाउ र त्रिशूली नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि | भक्तपुर–मुलपानी जोड्ने पुलमा आवागमन रोक, जमिन भासिएपछि जोखिम बढ्यो | पश्चिम नेपालमा फेरि बढ्यो वर्षाको जोखिम, बाढी–पहिरोबाट सतर्क रहन आग्रह | त्रिशूलीको कटानले कृष्णभीरको नयाँ ट्रयाक संकटमा, फेरि सडक सम्पर्क टुट्ने जोखिम | पृथ्वी राजमार्ग अवरुद्ध, त्रिभुवन राजपथमा भारी मालवाहक रोकिएपछि काठमाडौंका सडकमा सवारीको चाप | कान्ति लोकपथ पूर्णरूपमा बन्द, पृथ्वी र बीपी राजमार्गमा राति आवागमनमा रोक | विपद् प्रभावित क्षेत्रमा पुनर्निर्माण तीव्र, विदुरमा आपत्कालीन स्वास्थ्य केन्द्र सञ्चालन | लामो समय बसेको वा स्थानीय तहलाई उपयोग शुल्क बुझाएको आधारमा सरकारी जग्गामा भोगाधिकार नहुने सर्वोच्चको व्याख्या |

प्रचण्डकी पत्नी सीता दाहालको भेन्टिलेटरमा उपचार हुँदै

प्रचण्डकी पत्नी सीता दाहालको भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन् ।

स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ ।

अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ।

अक्सिजनको मात्रा घटेपछि दाहाललाई अस्पताल भर्ना गरिएको भनाइ छ । उनी पार्किन्सन जस्तो देखिने एक प्रकारको जटिल रोगबाट पीडित रहेकी छन् ।

यसअघि पनि उनलाई पटक–पटक देश तथा विदेशका अस्पतालमा उपचार गरिएको थियो । छोरी गंगा दाहालले सामाजिक सञ्जालमार्फत आमा सीताको (Mummy! please get well soon) शीघ्र स्वास्थ्य लाभको कामना गरेकी छन् ।

 


Thali Mobile Pvt.Ltd.