सुर्खेतका २० मतदानस्थल अति संवेदनशील

सुर्खेतका २० मतदानस्थल अति संवेदनशील

सुर्खेत । सुर्खेतका २० मतदानस्थल अति संवेदनशीलको सूचीमा राखिएका छन् । एक सय ३९ मतदान स्थल रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ । समितिका अनुसार ८६ संवेदनशील र ३३ कम संवेदनशील छन् ।

यसअनुसार निर्वाचन क्षेत्र नं १ मा कायम रहेका ७२ मतदानस्थलमध्ये नौ अति संवेदनशील, ६० वटा संवेदनशील र तीन कम संवेदनशील छन् । क्षेत्र नं २ मा ६७ मतदानस्थलमध्ये ११ अति संवेदनशील, २६ संवेदनशील र ३० कम संवेदनशील रहेको जिल्ला सुरक्षा समितिका संयोजकसमेत रहेका सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए ।

सुरक्षा समितिले निर्वाचन क्षेत्र नं १ (क) मा सात वटा अति संवेदनशील, २४ संवेदनशील, (ख) मा र दुई अति संवेदनशील, ३६ संवेदनशील र तीन मतदानस्थललाई कम संवेदनशीलको सूचीमा राखेको छ । त्यसैगरी निर्वाचन क्षेत्र नं २ (१) मा सात अति संवेदनशील र संवेदनशील मतदानस्थल छैनन् भने कम संवेदनशील २४ मतदानस्थल रहेका छन् ।

त्यस्तै (२) मा ११ अति संवेदनशील, २६ संवेदनशील र छ मतदानस्थल कम संवेदनशील छन् । निर्वाचन सुरक्षा चुनौती कम गर्न मतदानस्थलको सुरक्षाका लागि आवश्यक काम भइसकेको र संवेदनशील, संवेदनशील र कम संवेदनशील मतदानस्थल वर्गीकरण गरेर तत्काल थप सुरक्षाकर्मी पुग्ने गरी रणनीति तयार गरिएको प्रजिअ रिजालले बताए ।

Mohotsav


Thali Mobile Pvt.Ltd.